Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsविमानस्थल भन्सार सुरक्षा जाँचमा सशस्त्र प्रहरी, तस्करीको सञ्जाल तोडिने विश्वास

विमानस्थल भन्सार सुरक्षा जाँचमा सशस्त्र प्रहरी, तस्करीको सञ्जाल तोडिने विश्वास


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यात्रु आगमन कक्षको सुरक्षा जाँच र विमानस्थल भन्सारमा सशस्त्र प्रहरी परिचालन गरिएपछि नेपाल प्रहरी असन्तुष्ट बनेको छ । नेपाल प्रहरीले यात्रु तथा सामान जाँचको जिम्मेवारी दिनुपर्ने माग गरिरहेको समयमा सरकारले सशस्त्रलाई जिम्मेवारी दिएपछि नेपाल प्रहरी असन्तुष्ट बनेको हो ।

यसअघि निजी कम्पनीका सुरक्षाकर्मी भाडामा लिएर विमानस्थल सुरक्षा जाँच हुँने गरेको थियो । गृह मन्त्रालयले गत सोमबारबाट निजी सुरक्षाकर्मी हटाएर भन्सार सुरक्षा जाँचको जिम्मा नै सशस्त्र प्रहरीलाई लगाएको छ । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयकै कमान्ड हुने गरी अन्तर्राष्ट्रिय टर्मिनल आगमन कक्षमा ३० सशस्त्र प्रहरी परिचालन गरिएको छ । त्रिभुवन विमानस्थल भन्सारमा प्रहरीको उपस्थिति नभएको भन्दै अर्थ मन्त्रालयले सशस्त्र प्रहरी खटाइदिनू भनेपछि त्यहीअनुसार गरिएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । विमानस्थल सुरक्षामा नेपाल प्रहरी पहिलेदेखि नै परिचालित भएकाले दुई सुरक्षा निकायको समन्वयमा प्रभावकारी काम हुने अपेक्षा राखिएको छ ।

अहिले भन्सारमा भन्सार प्रशासन, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, नागरिक उड्डयन प्राधिकरणलगायत निकायले काम गरिरहेका छन् । नेपाल प्रहरी प्रत्यक्ष नभए पनि कुनै नै कुनै रूपमा विमानस्थलमा परिचालन भइरहेकाले सशस्त्र प्रहरीलाई जाँचको जिम्मा दिँदा ‘चेक एन्ड ब्यालेन्स’ हुने भन्सार अधिकारीहरु नै बताउँछन् ।सशस्त्र प्रहरीले जाँच गर्न थालेपछि कर्मचारी र तस्करले बनाइरहेको जालोमा धक्का लागेको छ ।

विमानस्थल सुरक्षा गर्न नेपाल प्रहरी डीआईजी नेतृत्वमा त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय नै छ । तर विमानस्थल सुरक्षामा नेपाल प्रहरी संलग्न हुँदै आए पनि तस्करी मौलाएकाले सशस्त्रलाई ल्याउनुपर्ने हाम्रो माग बारम्बार उठ्दै आएको थियो । अझ, विमानस्थल सुरक्षामा निजी कम्पनी परिचालन गर्दा धेरै कमजोरी देखिएको र सुनलगायत सामान तस्करीमा बल पुगेको आशंका हुनेगरेको थियो



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6