Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाका दुई उत्कृष्ट विश्वविद्यालयबाट नेपाली विद्यार्थीलाई साँढे दुइ करोडको छात्रवृत्ति

अष्ट्रेलियाका दुई उत्कृष्ट विश्वविद्यालयबाट नेपाली विद्यार्थीलाई साँढे दुइ करोडको छात्रवृत्ति


काठमाडौं । देशमा बढ्दो अस्थिरताले अत्यधिक मात्रामा नेपाली विद्यार्थीहरु बिदेश पढ्न जाने गरेका छन् । यसरी उच्च शिक्षाका लागि पढ्न जानेहरुको मनपर्दो र भरपर्दो पहिलो गन्तव्य बन्नेगरेको छ, अष्ट्रेलिया । तर महँगो पढाई र जीवनशैलिले गर्दा विद्यार्थीहरु अनेकन समस्या झेल्न बाध्य छन् । अझ अष्ट्रेलिया त पढ्नको लागि भन्दा नेपाली विद्यार्थीहरुको काम मात्र गर्ने थलो बनेको छ । यस्तो अवस्थामा एक युवाले अष्ट्रेलियाका दुई सर्वश्रेष्ठ विश्वविद्यालयहरुबाट २३ वर्षको उमेरमा नै लगभग दुइ करोड पचास लाख बराबरको पूर्ण छात्रवृत्तिमा विद्यावारिधी (पीएचडी)- कम्प्युटर साईन्स गर्ने आकर्षक अफर पाउनुभएको छ । विश्वविद्यालयबाट बार्षिक रुपमा स्टाइपेन्ड (तलबभत्ता) पनि पाउनेगरि छात्रवृत्ति अफर गरिएको छ ।

रुपाकोट, गुल्मी स्थायी ठेगाना भई हाल अष्ट्रेलियाको न्यू साउथ वेल्स बस्दै आउनुभएका आशिष भण्डारीले आफ्नो स्नातक लगतै युनिभर्सिटी अफ न्यू साउथ वेल्स (UNSW) र रोयल मेलबोर्न ईन्स्टिच्युट अफ टेक्नोलोजी (RMIT) युनिभर्सिटीबाट पीएचडी गर्न यस्तो अवसर पाउनु भएको हो । उहाँले सेन्ट जेभियर्स कलेज माइतिघरबाट १२ मा साईन्स पढेर हालै दिल्ली प्रौद्योगिकी विश्वविद्यालयबाट उत्कृष्ट नतिजा सहित कम्प्युटर ईन्जिनियरिङमा स्नातक तह उत्तिर्ण गर्नुभएको छ । भण्डारी दुइ बर्षदेखी स्नातह अध्ययन संगसंगै अष्ट्रेलियाकै युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीमा ग्रान्ट प्राप्त गरेर आर्टिफिसियल इन्टेलिजेन्समा रिसर्च गरिरहनुभएको छ ।

भण्डारी स्वास्थ्य छेत्रमा एआइको प्रयोग गर्न निकै इच्चुक हुनुहुन्छ । यसैकारण उहाँ भिक्टोरिया राज्यको रोयल मेलबोर्न ईन्स्टिच्युट अफ टेक्नोलोजी (RMIT) युनिभर्सिटीबाट एआइको प्रयोग गरेर निर्मुलहुन गाह्रो हुने रोगहरुको औषधी बनाउने काममा क्रियाशील रहनुभएको छ । प्रत्येक मानिसको आनुवंशिक (genetic) कोड फरक हुन्छ, फरक स्वास्थ्य प्रोफाइल हुन्छ जसमा एउटै सामान्य औषधिले राम्रोसँग काम गर्दैन। उहाँले नयाँ कम्प्युटर प्रविधिबाट कठिन चिकित्सा अवस्थाहरूको लागि सटीक औषधि विकास गर्नमा काम गर्नहुनेछ ।

प्रविधिक अनुशन्धानमा इच्छ्या भई आर्थिक अवस्था कम्जोर भएका नेपाली विद्यार्थीहरुको लागि भण्डारी एक प्रेरणाका श्रोत र एक सफल उदाहरण बन्नुभएको छ । यसरी अष्ट्रेलियामा पुगेका धेरै विद्यार्थी छात्रवृत्ति पाएर शिक्षा सँगै कामको उत्कृष्ट अवशर पाउनेमा दरिएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6