Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsडिउटीमा रहेकी महिला प्रहरीकाे आफ्नै श्रीमानद्वारा गोली हानेर हत्या !

डिउटीमा रहेकी महिला प्रहरीकाे आफ्नै श्रीमानद्वारा गोली हानेर हत्या !


काठमाडौं । दाङस्थित घाेराहीकाे दामाेदर चाेकमा डिउटीमा रहेकी महिला प्रहरीकाे गाेली हानेर हत्या गरिएको छ । वडा प्रहरी कार्यालय घाेराहीमा कार्यरत प्रहरी जवान धनमाया थापाकाे प्रहरी सेवामै रहेका आफ्नै श्रीमानले गाेली हानेर हत्या गरेकाे जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएकाे हो ।

घटना करिब साढे ७ बजे राति भएकाे हाे । गाेली हानेर भाग्दै गरेका यमबहादुर झाक्रीलाई लमही अर्जुनखाेलाबाट प्रहरीले  पक्राउ गरेकाे छ । श्रीमतिलाई गोली हान्ने झाक्रि नेपालगञ्जमा कार्यरत प्रहरी रहेकाे खुलेको छ । उनले के कति कारणले आफ्नै श्रीमतीमाथि गोली हाने भन्ने खोजी सहित थप अनुसन्धानमा प्रहरी जुटेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6