Saturday, 24 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Breaking News ∕ काठमाडौंको सितापाइलामा एकै परिवारका तीन जना मृत फेला, अनुसन्धान गर्दै प्रहरी

काठमाडौंको सितापाइलामा एकै परिवारका तीन जना मृत फेला, अनुसन्धान गर्दै प्रहरी

मृतक महिलाका श्रीमान समेत रुखमा झुण्डिएको अवस्थामा !


काठमाडौं । काठमाडौंको सितापाइलामा एकै परिवारका तीन जना मृत फेला परेका छन् । ३८ वर्षीया महिला तथा उनका ८ र २ वर्षीया छोरीहरु घरको कोठाभित्र मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारि दिनुभएको हो ।

एसपी अधिकारीले घरको कोठाभित्र तीन वटा शव फेला परेको जानकारी पाएपछि घटनास्थल पुगेर अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो । घटनाको स्थलगत अवस्थाको प्रारम्भिक विश्लेषणपछि प्रहरीले उनीहरुको हत्या भएको आशंका गरेको छ । घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौंका अधिकारीहरुसँगै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली समेत पुगेर अनुसन्धान गरिरहेकाले अनुसन्धानबाट थप तथ्य खुल्ने बताइएको छ ।

मृतक महिलाका श्रीमान समेत रुखमा झुण्डिएको अवस्थामा मृत भेटिए
सितापाइलामा मृत फेला परेकी महिलाका श्रीमान पनि झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । सोलुखुम्बुका रामप्रसाद सुनार घरभन्दा केही पर जंगलमा झुण्डिएको अवस्थामा फेला परेको काठमाडौं प्रहरी परिसरका एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिनुभयो । उनका श्रीमती र दुई छोरीहरु कोठाभित्रै मृत फेला परेका थिए ।

श्रीमति, दुई छोरीको हत्या गरेपछि सुनुवारले आत्महत्या गरेको प्रारम्भिव निष्कर्ष निकालेको छ । सामान्य ज्याला मजदुरी गरेर जीवन गुजारा गर्ने परिवारमा भएको यो विभत्स घटना बारे थप अनुसन्धान भैरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-24' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6