Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking News१४ किलो सुन तस्करी प्रकरणमा मुछिएका कलेज सञ्चालक जीवनकुमार गुरुङ पक्राउ !

१४ किलो सुन तस्करी प्रकरणमा मुछिएका कलेज सञ्चालक जीवनकुमार गुरुङ पक्राउ !


काठमाडौं । सुन तस्करी प्रकरणमा मुछिएका प्लाटिनम कलेजका सञ्चालक जीवनकुमार गुरुङ पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले गुरुङलाई काठमाडौंको सामाखुशीबाट पक्राउ गरेको हो ।

ब्यूरोकी प्रमुख एआईजी किरण बज्राचार्यले मंसिर २१ मा फ्लाई दुबईबाट आएका चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद भएको घटनामा संलग्नताको आधारमा गुरुङलाई पक्राउ गरिएको जानकारि दिनुभयो । यो प्रकरणको अनुसन्धानपछि जिल्ला अदालत, काठमाडौंमा दायर मुद्दामा समेत गुरुङलाई प्रतिवादी बनाइएको छ । गुरुङलाई विमानस्थल भन्सार कार्यालयको जिम्ममा थप अनुसन्धान अघि बढ्ने बताइएको छ । १४ किलो अबैध सुन बरामदी प्रकरणको अनुसन्धानका क्रममा गिरोहले ल्याएको सुन अध्यागमन क्षेत्रमा रहेको शौचालयमा लुकाएर कर्मचारीकै मिलेमतोमा बाहिर ल्याउने गरिएको खुलेको थियो ।

दुबईमा रहेका अंकित अग्रवाल र गुरु भनिने भारतीय नागरिकले १ सय ३८ किलो सुन तस्करी गरिसकेको र यसैको श्रृङ्खलाका रुपमा १४ किलो सुन भएको खुलेको थियो । यो गिरोहको नियमित सम्पर्क प्लाटिनम कलेजका सञ्चालक गुरुङसँग भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । पक्राउ गुरुङमार्फत तस्करीमा संलग्न मुख्य नाइकेहरुसम्म पुग्न सहज हुने आँकलन प्रहरीले गरेको छ । माओवादी नेताहरुसँग पनि गुरुङ निकट सम्बन्ध रहेको अनुसन्धान अधिकृतहरुले नै बताउने गरेका छन् ।

यसरी तोडिएको थियो सुन तस्करीको जालो
तत्कालीन विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले विशेष सूचनाका आधारमा मंसिर २१ को मध्यराति ११ः४० बजे फ्लाई दुबईको विमानबाट आएका चन्द्र घलेलाई सुनसहित नियन्त्रणमा लिएका थिए । घलेले प्रारम्भिक अनुसन्धानका क्रममा आफ्नो काम सुन लिएर आएर अध्यागमनमा रहेको ‘सीआईपी’कक्षको शौचालयमा राख्नु मात्रै भएको बताएका थिए । उनकै बयानका आधारमा दुबई पठाउन भुमिका खेल्ने गोरखाका मीनबहादुर घले पक्राउ परेका थिए । घलेले भारतीय नागरिक अंकित र गुरुको संलग्नता खुलाएका थिए । अबैध सुन ओसारपसारमा नाम मुछिएपछि विमानस्थलका सरसफाई सुपरभाइजर सुशीला पाण्डे, सरसफाइ कर्मचारी कपिल ओझा, गणेश चेपाङ, विमानस्थल नागरिक उड्डयन कार्यालयका सहयोगी लेखबहादुर तामाङ, अनिल श्रेष्ठ पक्राउ परेका थिए । एयर साइड अफिसमा कार्यरत रमेश देउला, प्लम्बर शेरबहादुर बस्नेत र एसी प्राविधिक राधाकृष्ण श्रेष्ठलाई समेत पक्राउ गरेर अनुसन्धान भैरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6