Saturday, 24 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Breaking News ∕ वसन्त ऋतुमा सगरमाथा चढ्न ५२ जनाले लिए आरोहण अनुमति, ११ जना महिला

वसन्त ऋतुमा सगरमाथा चढ्न ५२ जनाले लिए आरोहण अनुमति, ११ जना महिला


काठमाडौं । वसन्त ऋतुमा सगरमाथा चढ्न भन्दै आइतबारसम्म ५२ जनाले आरोहण अनुमति लिएका छन् । आइतबारसम्म ४ समूहका ५२ आरोहीले सगरमाथा आरोहण अनुमति लिएको पर्यटन विभागले जानकारि दिएको हो ।

सगरमाथा चढ्न अनुमति पाउनेमा ११ महिला रहेका छन् । आइतबारसम्म कुल १३ समूहका १ सय १४ जनाले विभिन्न हिमाल आरोहण अनुमति पाएका छन् । तीमध्ये सबैभन्दा धेरै सगरमाथाका लागि अनुमति पाउनेहरु छन् । दोस्रो स्थानमा रहेको अन्नपूर्ण प्रथम हिमालका लागि दुई समूहका २४ जनाले आरोहण अनुमति पाएका छन् । अमादब्लम हिमालमा ३ समूहका २३ जना, पुथा हिउँचुलीका लागि सात, हिँउचुली पाँच, काङ्ग्री शार दुई र जुगल हिमालका लागि एकले आरोहण अनुमति लिएको विभागले जानकारि दिएको छ ।

बुधबारसम्म जारी अनुमतिबाट ८ करोड ३९ लाख ९२ हजार ५० रुपैयाँ रोयल्टी संकलन भएको पर्यटन विभागले जानकारि दिएको छ । आरोहण अनुमति लिनेहरु अझ बढ्ने बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-24' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6