Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalअब ठमेल र दरबारमार्ग २४ घण्टा खुला, पहिलो दिन यस्तो देखियो(फोटो फिचर)

अब ठमेल र दरबारमार्ग २४ घण्टा खुला, पहिलो दिन यस्तो देखियो(फोटो फिचर)

गृहमन्त्री लामिछानेले भन्छन - "ऐतिहासिक सुरुवात"


काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आजबाट काठमाडौंका ठमेल र दरबारमार्ग बजार क्षेत्र २४ सै घण्टा (पूर्णकालिन समय) सञ्चालनमा ल्याउनुभएको छ । ठमेल पर्यटन विकास परीषद् र दरवारमार्ग विकास बोर्डकाे संयुक्त आयाेजनामा ठमेलमा भएकाे कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने दुबै बजार क्षेत्र आजैदेखि २४ सै घण्टा सञ्चालनमा रहनेगरि खुलेकाे घाेषणा गर्नुभएकाे हाे।

कार्यक्रममा गृहमन्त्री लामिछानेले काठमाडौं चलायमान बनाउन ऐतिहासिक सुरुवात भएको दाबी गर्दै यहाँकाे अनुभवका आधारमा अन्य ठाउँ पनि २४ घण्टा सञ्चालनमा ल्याइने बताउनुभयो । व्यवसायी, कर्मचारी, पर्यटक सबैलाई सुरक्षाकाे पूर्ण प्रत्याभूति विश्वास व्यक्त गर्दै उहाँले संसारभर परिचित ठमेलकाे पहिचान थप स्थापित गर्न याे अभियान सफल हुने बताउनुभयो ।

छाेरी-चेली र आमाहरु निर्बाध यहाँ आउने वातावरण बनाउन सके मात्र याे अभियान सफल हुने गृहमन्त्री लामिछानेको जिकिर छ ।

बजार पूर्णकालिन समय सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडाैंले मापदण्ड, आचारसंहिता र सुरक्षा याेजना नै जारी गरेकाे छ। मापदण्ड र आचारसंहिताले ठमेल र दरवारमार्ग क्षेत्रलाई चलायमान, पर्यटक मैत्री बनाउने र व्यवसायि तथा घरघनीकाे पनि हित हुने आशा गरिएको छ ।

 

फोटो : उपप्रधान एवं गृहमन्त्रीको सचिवालय



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6