Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsआज इलाम र बझाङको मतगणना,कस्ले मार्ला बाजि ?

आज इलाम र बझाङको मतगणना,कस्ले मार्ला बाजि ?


काठमाडौं । शनिवार मतदान भएका इलामका सबै मतदान केन्द्रबाट राती २ बजे मतपेटिका गणना स्थल आइपुगेकाले अब मतगणना हुँदै छ । बिहानको २ बजे राति ७९ जटा मतदान स्थल र १४९ वटै मतदान केन्द्रको मतपेटिका गणना स्थल आइपुगेको जानकारी दिदै मुख्य निर्वाचन अधिकृतको कार्यालयले गणनाको थालनी हुने जानकारी दिएको हो ।

शनिबारदेखि नै मतगणना हुने भनिएपनि बाटोका कारण मतपेटिका ल्याउन ढिलाइ भएको बताइएको छ । इलाम बजारमा रहको गौतम बुद्ध हल (सिटी हलमा) मतगणना हुँदा चोक बजारमा रहेको डिस्प्ले बोर्डमा मत परिणाम सार्वजनिक गर्ने तयारी गरिएको छ । निर्वाचन कार्यालयका अनुसार परिणाम जान्न उत्सुकहरुका लागि सहज होस् भनेर मत परिणाम १ घण्टाको फरकमा सार्वजनिक गरिनेछ ।

इलाममा १ लाख १५ हजार ८८९ मतदाता रहेकोमा ६९ हजार २८७ मत खसेको थियो । यहाँ रास्वपाका मिलन लिम्बु,कांग्रेसका डम्बर खड्का र एमालेका सुहाङ नेम्वाङ मुख्य प्रतिस्पर्धी मानिएको छ । बझाङ प्रदेश सभा- १ को मतगणना समेत आजबाट सुरु हुँदैछ । बझाङमा एमाले उम्मेदवार र कांग्रेस उम्मेदवार मुख्य प्रतिस्पर्धामा छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6