Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsविद्युतीय चार पाङ्ग्रे सवारीसाधन अब नेपालमै उत्पादन हुने

विद्युतीय चार पाङ्ग्रे सवारीसाधन अब नेपालमै उत्पादन हुने


काठमाडौं । अब विद्युतीय चार पाङ्ग्रे सवारीसाधनको उत्पादन नेपालमै हुने भएको छ। गाडी उत्पादन गर्नका लागि नेपालको कोशी एन के मोटर्स र चीनको स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनी बीच सम्झौता भएको हो ।

पछिल्लो समय विद्युत्बाट चल्ने दुई र चार पाङ्ग्रे सवारीसाधनको प्रयोग नेपालसहित विश्वका धेरै देशमा बढ्दो क्रममा छ। विदेशबाटै तयारी अवस्थामा सवारीसाधन ल्याएर नेपालमा बिक्री वितरण गरिदा विद्युतीय सवारीसाधनप्रति आकर्षण बढ्दै गएपछि एक वर्षभित्र नेपालमै उत्पादन गर्ने उद्देश्यका साथ एनके मोटर्सले पहल थालेको बताइएको छ । चीनको फुजियन प्रान्तमा रहेको उक्त अटोबडी कम्पनीसँग भएको सम्झौता पत्रमा कोशी एन के मोटर्सका अध्यक्ष टीकाराम पुरी र स्यामनका तर्फबाट प्रबन्ध निर्देशक एमडीले हस्ताक्षर गर्नुभएको छ ।

यो सम्झौता कार्यान्वयनसँगै अब नेपालमा नै चीन तथा कोरियन प्रविधिमा आधारित चार पाङ्ग्रे विद्युतीय गाडी उत्पादन हुने र मुल्यमा समेत केही सहुलियत हुने एन के मोटर्सका अध्यक्ष पुरीले जानकारी दिनुभयो । उहाँले नेपालमा पहिलो पटक मोरङको बुढीगंगामा १५ बिघा क्षेत्रफलमा सञ्चालनको तयारी गरिएको गाडी उत्पादन उधोगमा सुरुवाती लगानी ३ अर्ब रुपैयाँ हुने अध्यक्ष पुरीले जानकारी दिनुभएको छ ।

यो सम्झौताले १ वर्षभित्र विधुतिय सबै चार पाङ्ग्रे सवारीसाधन नेपालमै उत्पादन हुने सुनिश्चितता गरेको छ । कम्पनीले नेपाली परिवेश र आवश्यकता अनुसार प्रत्येक महिना ७ सय ५० गाडी उत्पादनको योजना बनाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6