Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalगम्भिर संकटमा प्रधानमन्त्री प्रचण्ड, कहाँ अड्कीयो राजनीतिक निकासको गाँठो ?

गम्भिर संकटमा प्रधानमन्त्री प्रचण्ड, कहाँ अड्कीयो राजनीतिक निकासको गाँठो ?


काठमाडौं । प्राविधिक रुपमा बहुमतको अंक गणितसहित सुरक्षित देखिए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संकटमा फस्नुभएको छ । उपप्रधान एवंम स्वास्थ्यमन्त्री उपेन्द्र यादवले राजीनामा बुझाएसँगै विश्वासको मत लिनुपर्ने संबैधानिक बाध्यतामा पुगेका प्रधानमन्त्री प्रचण्डले रास्वपा सभापति समेत रहेका उपप्रधान एवंम गृहमन्त्री रवि लामिछानेको सहकारी घोटाला प्रकरणमा संसदीय छानविन समिति नबनाएमा सदन नचल्ने अवस्था छ ।

प्राविधिक रुपमा प्रचण्डको सत्ता सुरक्षित हुने सत्तारुढ घटकको अंक गणित रहेको छ । एमालेसँग टोपबहादुर रायमाझी निलम्बित हुँदा ७७ सांसद, माओवादीका ३२, रास्वपाका २१ र विभाजित जसपाका ७ गरेर १३८ जनाको बहुमत पुग्छ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ समेत प्रचण्ड–ओली गठबन्धनसँग निकट, नाउपाको ४ सांसद र १० जना संघीय सांसद रहेको माधवकुमार नेपाल नेतृत्वको एकिकृत समाजवादीको समेत साथ पाउँदा प्रचण्डको पक्षमा १ सय ५२ सांसदको समर्थन रहने अंक गणित देखिएको छ । तर अहिले समर्थन गरेका दलले भोली साथ नदिने अवस्था समेत आउनसक्ने भन्दै प्रचण्ड सरकार संकटमा परेको टिकाटिप्पणी समेत हुन थालेको छ । यो आँकलनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अडानले समेत प्रभाव पारिरहेको छ । कांग्रेस सहकारी ठगीमा संसदीय छानबिन समिति नबनेसम्म संसदमा जारी अवरोध कायमै राख्ने अडानमा यथावत छ । सोमबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले माग पुरा नभए सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न समेत नदिने निर्णय गरेको छ ।

यता, नीति तथा कार्यक्रम मात्रै नभएर बजेट समेत ल्याउनुपर्ने समयमा भएको संसद अवरोधले प्रधानमन्त्री प्रचण्डलाई असफल बनाउने छ । आफू असफल बन्ने भन्दा पनि प्रतिपक्षी दल कांग्रेसको मागमा प्रधानमन्त्री लचिलो हुने संकेत देखिएको छ । संसदीय छानविन समिति गठनको निर्णयले उपप्रधान एवम् गृहमन्त्री लामिछाने नेतृत्वको रास्वपा बिच्किएमा बहुमतको अंक गणित भत्किनसक्ने भयले प्रधानमन्त्री प्रचण्डलाई सताएको छ । अन्यता कांग्रेसको अडानका कारण सदनको अवरोध यतावत रहेर सरकारको नीति तथा कार्यक्रम र बजेट समेत प्रभावित हुने निश्चित जस्तै छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6