Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाका टोनु घोतानेको संघर्ष, यस्तो बन्यो म्युजिक भिडियो !

अष्ट्रेलियाका टोनु घोतानेको संघर्ष, यस्तो बन्यो म्युजिक भिडियो !


ब्रिजबेन । अष्ट्रेलियाका कानुन व्यवसायी टोनु घोतानेको जीवन संघर्ष र व्यवसायिक सफलता समेटिएको म्युजिक भिडियो सार्वजनिक भएको छ । एनआरएनए अष्ट्रेलियाका पूर्वअध्यक्ष समेत रहनुभएका घोताने लयर्सका सञ्चालक, नेपाली समाजका विभिन्न तह र तप्कामा योगदान दिनुभएका घोतानेको व्यवसायिक संघर्ष र सफलताको कथा म्युजिक भिडियोमा देखाउन र बुझाउन खोजिएको छ । युवा अवस्थामा राम्रोसँग प्रष्ट बोल्न समेत नसक्ने घोताने सफल कानुन व्यवसायी बन्न भोगेका भोगाई र संघर्ष चित्रण गर्न खोजिएको छ ।

म्युजिक भिडियोका लागि यो लिंकमा जानुहोस्

एक्लोपनामा समेत हरेश नखाई निन्द्रा, भोक त्यागेर परिश्रमी र मेहनती भएर अघी बढ्दा अष्ट्रेलियाका टोनु दाईको पहिचान बनाएको विषयलाई गित र म्युजिक भिडियोमा देखाउन खोजिएको छ । काममा मरिमेट्ने, सधै अरुको सेवा गर्ने अठोटसहित अघि बढ्नुभएका टोनु घोताने आखिर को हुनुहुन्छ त ?

टोनु घोताने
अष्ट्रेलियामा प्रिन्सिपल लयर्स, समाजसेवी र कतिपय नेपाली समुदायका संघसंस्थामा संरक्षकको भुमिकामा रहनुभएको छ । घोताने लयर्सका सञ्चालक उहाँसँग काबिल कानुन व्यवसायीहरुको टिम छ । समास्यामा परेका, कानुनी समस्यामा परेकाहरुलाई निस्वार्थ सहयोग उहाँ नेतृत्वको टिमले गर्दैआएको छ । अष्ट्रेलिया नेपाल पोलिसी इन्स्टीच्युड, लिबरल फ्रेन्ड्स अफ नेपाल, भिक्टोरियाका रोटरी सदस्य तदर्थ संयोजक समेतको भुमिका उहाँले निभाउनुभएको छ । एनआरएनए अष्ट्रेलियाका संरक्षक समेत रहनुभएका घोतानेले सन २०१७ देखी सन २०१९ सम्म एनआरएनए अष्टेलियाको अध्यक्षको भुमिका समेत निभाउनुभएको छ । विद्यार्थी परिषद सेन्ट जेभियर्स स्कुल, जावलाखेलका अध्यक्ष, नेपाली संघ भिक्टोरियाका सहसचिव, यति फुटबल क्लब, मेलबर्नका संस्थापक प्रबन्धक देखी भिक्टोरियामा पहिलो व्यावसायिक प्रमोटरको भुमिका समेत निभाउनुभएको छ । अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएलएमसी) का कार्यकारी समिति सदस्य, मानसिक स्वास्थ्य प्रतिष्ठान अस्ट्रेलियाका लागि सन २०२० मा राजदुतको भुमिका समेत निभाउनुभएका टोनु घोताने तमु समाज भिक्टोरियाका संस्थापक सदस्य, गुल्मी समाज भिक्टोरिया, भिक्टोरिया तामाङ समाज, चितवन समाज भिक्टोरियाका संस्थापक सदस्य समेत हुनुहुन्छ । रोयल फुटबल क्लब, मेलबर्न, क्रेगीबर्न सकर क्लब, मेलबर्न, नेप सिटी बास्केटबल, मेलबर्न, मधेसी समुदाय भिक्टोरिया, मगर समाज भिक्टोरिया, सुदूरपश्चिम क्रिकेट क्लब, मेलबर्नमा आवद्ध भएर खेलकुद विकासमा समेत योगदान दिनुभएको छ ।

नेपाली समाजका लागि, अष्ट्रेलियको कानुनी क्षेत्रमा योगदान दिनुभएका अष्ट्रेलियाका कानुन व्यवसायी टोनु घोतानेको जीवन संघर्ष र व्यवसायिक सफलता समेटिएको गीतमा प्रमोद निर्वाणले स्वर र संगीत भर्नुभएको छ । स्वयम टोनु घोताने र इशान गुरुङको अभिनय रहेको म्युजिक भिडियोको निर्देशन युबराज वाइबाले गर्नुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6