Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsटि–२० विश्वकपको समूहचरणबाट बाहिरिएको नेपाली टोली विहिबार स्वदेश आइपुग्दै

टि–२० विश्वकपको समूहचरणबाट बाहिरिएको नेपाली टोली विहिबार स्वदेश आइपुग्दै


काठमाडौं । आइसीसी टि–ट्वान्टी विश्वकपको समूह चरणबाट बाहिरिएको नेपाली राष्ट्रिय क्रिकेट टोली बिहिबार स्वदेश आइपुग्ने भएको छ । मंगलबार नेपाली टोली सेन्ट भिन्सेन्टबाट अमेरिकाको फ्लोरिडा त्यसपछि कतारको दोहा हुँदै बिहीबार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिन लागेको हो ।

नेपाल क्रिकेट संघ (क्यान) का सदस्य दिवाकर घलेका अनुसार हवाई टिकटका कारण टोली दुई समूह गरेर काठमाडौं आइपुग्ने छ । १० बर्ष पछि दोस्रो पटक टि–२० विश्वकप खेले पनि नेपाली टोलीले सोचेअनुसार प्रदर्शन गर्न सकेन । ४ खेलमा तीन खेलमा हार व्याहोरेको नेपाली टोलीले श्रीलंका विरुद्धको खेलमा बर्षा बाधक हुँदा एक अंग पाएको थियो । नेपालले जुन मा ४ मा नेदरल्यान्ड्ससँग भएको खेल ६ विकेटले हारेको थियो । जुन ११ मा श्रीलंकासँगको खेल वर्षाका कारण रद्द भयो । जुन १३ मा वेष्ट इन्डिजको सेन्ट भिन्सेन्ट पुगेको नेपालले जुन १४ मा दक्षिण अफ्रिकासँगको रोमान्चक खेलमा १ रनको नमिठो पराजय ब्यहोरेको थियो । समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग २१ रनले पराजित भएसँगै नेपालको विश्वकप यात्राको अन्त्य गरेको थियो ।

विश्वकप तयारीका लागि एक महिना अघि नै अमेरिका पुगेको टोली झन्डै डेढ महिनापछि स्वदेश फर्कन लागेको छ । अन्तिम ८ को लक्ष्य बोकेर अमेरिका पुगेको नेपाली टोली समुह चरणमै रोकिएपनि नेपालट्युबसँगको कुराकानीका क्रममा कप्तान रोहित पौडेलले अब विश्वकपका लागि १० वर्ष कुर्न नपर्ने, निरन्तर बलिया राष्ट्रसँगको खेलबाट नेपाली टिमलाई उत्कृष्ट लयमा फर्काउने बताउनुभएको छ । आशा गरौँ नेपाली क्रिकेटले छिट्दै खेलप्रेमीको आशामा खुसी भर्नेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6