Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsयुरोपेली आकाशको प्रतिवन्ध फुकुवा होला ? जर्मनमा राष्ट्रपति पौडेलको यस्तो प्रस्ताव !

युरोपेली आकाशको प्रतिवन्ध फुकुवा होला ? जर्मनमा राष्ट्रपति पौडेलको यस्तो प्रस्ताव !


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले युरोपेली आकाशमा नेपाली एयरलाइन्समाथिको प्रतिवन्ध हटाउन जर्मनी सरकारमार्फत विशेष आग्रह गर्नुभएको छ । जर्मन भ्रमणका क्रममा राष्ट्रपति पौडेलले समकक्षी फ्रयांक वाल्टर स्टाइनमायरसँग नेपाली एयरलाइन्समाथिको प्रतिवन्ध हटाउन आग्रह गर्नुभएको हो ।

बुधवार बिहान राष्ट्रपति पौडेल आफ्नो जर्मन र स्विट्जरल्याण्ड भ्रमण पुरा गरेर स्वदेश फर्किनुभएको छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेलको भ्रमणबारे जानकारी गराउँदै परराष्ट्रसचिव सेवा लम्सालले जर्मन भ्रमणका क्रममा लुफ्थान्सा एयरलाइन्सको सर्भिस सुचारु गर्न र युरोपेली आकाशमा रहेको प्रतिवन्ध फुकुवा गर्न अनुरोध गरिएको जानकारि गराउनुभयो । जर्मनीका राष्ट्रपति डाक्टर फ्रयांक वाल्टर स्टाइनमायरसँग दुई पक्षिय भेटवार्ता भएको र विकास सहयोग, व्यापार, लगानी, पर्यटन, व्यवसायिक तालिममा केन्द्रित हुँदै दुवै पक्षबाट नेपाल–जर्मन सम्बन्धका सम्पूर्ण पक्षहरुमा छलफल भएको बताइएको छ ।

यस्तै स्विट्जरल्याण्डको भ्रमणका क्रममा भियोला एमहर्डसँग भेटवार्ता भएको बताइएको छ । भेटका क्रममा नेपाल—स्विट्जरल्याण्ड सम्बन्धका विविध पक्षमा छलफल भएको सचिव लम्सालले जानकारि दिनुभयो । दुवै देशका प्रमुखसँग राष्ट्रपति पौडेलको जलवायु परिवर्तन, अल्पविकसित मुलुकबाट नेपालको स्तरोन्नति, कानूनमा आधारित अन्तर्राष्ट्रिय व्यवस्था तथा साझा चासोका क्षेत्रहरुमा संयुक्त राष्ट्रसंघ लगायतका बहुपक्षिय मञ्चहरुमा सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको थियो ।

जर्मनीका महामहिम राष्ट्रपतिज्युलाई नेपाल भ्रमणको औपचारिक भ्रमणको निमन्त्रणा समेत राष्ट्रपति पौडेलले गर्नुभएको छ । दुई पक्षीय सम्बन्ध थप सुदृढ र मजबुत बनाउन राष्ट्रपतिको भ्रमणले थप मद्दत पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6