Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustralia१८ देशमा नयाँ राजदूत सिफारिस, अष्ट्रेलियामा पोखरेलको ठाउँमा को आउँदै ?

१८ देशमा नयाँ राजदूत सिफारिस, अष्ट्रेलियामा पोखरेलको ठाउँमा को आउँदै ?


काठमाडौं । ओली सरकारले यसअघि शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड सरकारले पठाएका पाँच देशका राजदूतहरुलाई फिर्ता बोलाउँदै नयाँ राजदूत सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रपरिषद्को बैठकले १८ देशका लागि नयाँ राजदूत सिफारिस गरको हो ।

को हुन अष्ट्रेलियाका लागि सिफारिस नयाँ राजदूत ?
मन्त्रिपरिषद बैठकले अष्ट्रेलियाका लागि राजदूत रहनुभएका कैलाशराज पोखरेललाई फिर्ता बोलाउँदै नयाँ राजदूतका रुपमा कान्ता रिजाललाई पठाएको छ । कांग्रेस निकट रिजालसँग यसअघि इजरायलका लागि नेपालको आवासीय राजदूत र गणतन्त्र साइप्रसका लागि गैरआवासी नेपाली राजदूत बनेको अनुभव रहेको छ । रिजाल कांग्रेसको महासमिति सदस्य समेत हुनुहुन्छ । कान्ता २०१५ सालका सांसद समेत रहनुभएका पाँचथरका पूर्व कांग्रेस पार्टी सभापती गणेश रिजालकी छोरी हुनुहुन्छ ।

कैलाशराज पोखरेलले दुईवर्षे कार्यकालमा गरेका १५ सुधार यस्ता छन् :

मैले नेपालको संसदमा सुनवाई हुँदा गरेको प्रतिबद्धता र यहाँहरुको अपेक्षा बमोजिम यो दुई वर्ष भित्र आफ़नो जिम्मेवारी पुरागर्दा यी महत्वपूर्ण उपलब्धिहरु हासिल भएका छन ।

1. नेपाल र अष्ट्रेलिया बीच ब्यापार र लगानी सम्बन्धी पहिलो र महत्वपूर्ण सम्झौता Trade and Investment Framework Arrangement ( TIFA ) फेब्रुअरी 9, 2024 मा सम्पन्न भएको छ ।यसमा अष्ट्रेलियाका सहायक विदेशमन्त्री Hon. Tim Watts र मैले हस्ताक्षर गरेका छौं ।
2. दुई देश बिच लगातार उच्चस्तरीय भ्रमणहरु भएका छन । नेपालबाट परराष्ट्रमन्त्री, राष्ट्रिय सभाका अध्यक्ष लगायत उच्च राजनीतिक तहमा र अष्ट्रेलियाबाट लामो समयपछि विदेश सहायक मन्त्री र पहिलो पटक संघीय संसदका सभामुख को तहमा भ्रमणहरु सम्पन्न भएका छन ।
3. अष्ट्रेलिया र न्यूजिल्याण्ड दुबै देशमा उच्चस्तरीय द्विपक्षीय वार्ताहरु सम्पन्न भएका छन ।
4. पासपोर्टको नवीकरणमा गतवर्ष देखिनै विना appointment पनि सेवा प्रदान गर्न सुरु गरिएकोले अहिले सेवाग्राहीहरुलाई धेरै सहज भएको छ ।
5. अहिले भएकै सिमित स्रोतबाट नै केहि स्थानहरुमा पासपोर्ट घुम्ति सेवा सुरु गरी यो सेवा निरन्तर चलिरहेको छ ।
6. सेवाग्राहिले अहिले राजदुतावासमा सहज रुपमा डेबिट र क्रेडिट कार्डबाट( टच अप्सन सहित) पनि राजस्व तिर्न सक्नु हुन्छ ।Cash निकाल्न ATM खोज्दै हिड्नु पर्दैन ।
7. अहिले भएकै कर्मचारीहरुको कार्य ब्यवस्थापन मिलाएर राजदुतावासमा सेवाग्राहीका फोनहरु उठाउन सकिएको छ । सबै ईमेलहरुको पनि जवाफ दिइरहेका छौ ।
8. नेपालबाट अष्ट्रेलियामा अहिले भै रहेको ब्यापारको अवस्था र खासगरी निर्यात सम्बन्धमा विज्ञहरु मार्फ़त राजदुतावासले एउटा अध्ययन सम्पन्न गराएको छ ।यसको प्रतिवेदन भर्खरै प्राप्त भएको छ । दुई देश बीच ब्यापारवारे राजदुतावासबाट भएको यो पहिलो अध्ययन हो ।
9. नेपालमा हालै सम्पन्न तेश्रो लगानी सम्मलेनमा अष्ट्रेलियाबाट सक्रिय सहभागिता भएको छ । एउटा लगानी सम्झौता पनि सम्पन्न भएको छ ।
10.सगरमाथा आरोहण गरेका अष्ट्रेलियनहरुलाई राजदूतावासबाट सम्मान गरिएको छ ।
11.राजदुतावास आफैले र NRN लगायत संघ संस्थाहरु संग मिलेर विविध पर्यटन प्रवर्धनका काम भएका छन । गत बर्ष अष्ट्रेलियाबाट नेपाल जानेहरुको संख्या 38 हजार नाघेको छ ।
12. नेपाल एयरलाइन्सले सिडनीमा Direct Flight गर्ने बिषयमा राजदूतावासले पहल गरी अहिले यो अष्ट्रेलिया सरकारको अन्तिम स्वीकृतिको चरणमा रहेको छ ।
13. राजदूतावास नेपाली संघ संस्था एवम् समुदायहरुसंग मिलेर काम गर्दै आएको कुरा यहाँहरूलाई थाहा छ । नेपाली समुदायले राजदुतावाससंग आशा गरेका धेरै बिषयहरु पुरा गर्न पाएकोमा सन्तोष लागेको छ । नेपाल- अष्ट्रेलिया सम्बन्ध, नेपाल र नेपालीहरुको हित र चासोका हरेक बिषयमा हामी निरन्तर कार्य गरी रहेका छौ ।
14. साधन स्रोतको अभाव सदा रहन्छ नै । यहाँहरु सबैका सकारात्मक सुझावलाई ग्रहण गर्दै राजदूतावास निरन्तर कार्यरत छ।

(पूर्वराजदूत पोखरेलको फेसबुक पेजबाट साभार)

यस्तै, चीन, रुस, श्रीलंका र दक्षिण अफ्रिकाका राजदूतलाइसमेत फिर्ता बोलाएर समग्रमा १८ देशका लागि सरकारले नयाँ राजदूत सिफारिस गरेको छ । फिर्ता हुनेमा चीनका लागि माओवादीबाट सिफारिस हुनुभएका विष्णुपुकार श्रेष्ठ, रुसका लागि मिलन तुलाधर र अष्ट्रेलियाका लागि राजदूत बनेका कैलाशराज पोखरेल रहनुभएको छ । यसअघि श्रीलंकाका लागि राजदूत बन्नुभएका बासुदेव मिश्र र दक्षिण अफ्रिकाका लागि राजदूत बनेका दानबहादुर तामाङ पनि फिर्ता गरिनुभएको छ । भारतमा शंकर शर्मालाई नै निरन्तरता दिइएको छ । अमेरिकाका लागि पूर्वमुख्यसचिव लोकर्शन रेग्मी सिफारिस हुनुभएको छ ।

सरकारले राजदूतमा सिफारिस गरेका व्यक्तिहरु :
भारतमा– शंकर शर्मा
अमेरिकामा– लोकदर्शन रेग्मी
चीनमा– डा. कृष्णप्रसाद ओली
बेलायतमा– चन्द्रप्रसाद घिमिरे
जर्मनीमा– शैल रुपाखेती
साउदी अरबमा– नरेशविक्रम ढकाल
इजरायलमा– धनप्रसाद पण्डित
दक्षिण अफ्रिकामा– कपिलमान श्रेष्ठ
दक्षिण कोरियामा– शिवमाया तुम्बाहाङ्फे
पोर्चुगलमा– प्रकाशमणि पौडेल
अस्ट्रेलियामा– कान्ता रिजाल
स्पेनमा– सनिल नेपाल
श्रीलंकामा– रामकृष्ण भट्टराई
मलेसियामा – नेत्रप्रसाद तिमिल्सिना, पाकिस्तानमा– रिता धिताल 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6