Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा कामदारलाई नयाँ भिषा, कस्ले कसरी पाउँछन त Workplace Justice Visa ?

अष्ट्रेलियामा कामदारलाई नयाँ भिषा, कस्ले कसरी पाउँछन त Workplace Justice Visa ?


ब्रिजबेन । अष्ट्रेलियामा कार्यरत श्रमिकमाथी कार्यस्थलमा शोषण भएमा, कानुन अनुसार तलाब नपाएकै कारण मुद्धामामिलामा फस्दा भिषाको समस्या व्यहोर्नुपर्ने समस्याबाट अब छुटकारा मिल्ने भएको छ । अष्ट्रेलिया सरकारले आप्रवासी र विदेशी कामदारलाई साथ दिन गतसाता मात्रै नयाँ भिषा सबक्लास मार्फत वर्कप्लेस जस्टिस भिषा दिने व्यवस्था गरेको हो ।

विदेशी कामदारलाई सिधै भिषाको योजनामा रहेको सरकारले तत्कालका लागि कानुन अनुसारको पारिश्रमिक नपाएका, सहमति भन्दा बढी काम गर्नु परेका, मानसिक तनावसहित भिषा रद्धको धम्की सहनुपर्ने कामदारलाई लक्षित गर्दै ४०८ क्याटेगोरिकै वर्कप्लेस जस्टिस भिषाको व्यवस्था गरेको छ । यो भिषा, सबैका लागि सधैका लागि भने नभएको बताइएको छ । समस्यामा परेका श्रमिकहरुले सुरुवा ६ मिनासम्मको यसपछि बढाएर एक वर्षसम्म यो भिषा पाउनसक्नेछन । साथमा रहेका परिवारका सदस्यहरुले समेत यो भिषा आवेदन दिन पाउनेछन् ।

आफूले काम गरेको कम्पनीबाट पारिश्रमिक नपाएका, सहमति भन्दा बढी काम गर्नु परेका, मानसिक तनावसहित भिषा रद्धको धम्की सहनुपर्ने जस्ता समस्यासहित मुद्धामामिलामा रहेका विदेशी कामदारले अष्ट्रेलियामै बसेर कानुनी लडाई लड्न पाउन भन्ने सकारात्मक उद्देश्यले वर्कप्लेस जस्टिस भिषा ल्याइएको बताइएको छ । आफू कानुन विपरित जाने प्रयास नगरौँ, अधिकारका लागि खुलेर लडौँ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6