Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsदेशमा निरासाको कालो बादल, कसरी चिर्ने अन्यौल अनि जगाउने आशा ?

देशमा निरासाको कालो बादल, कसरी चिर्ने अन्यौल अनि जगाउने आशा ?


काठमाडौं । नेताहरुले समृद्ध नेपाल सबल नेपाली अनि समृद्ध नेपाल सुखी नेपालीको आशा वाढेको वर्षौ बित्यो । राणा तन्त्र, पञ्चायत, राजतन्त्र सबै सबै व्यवस्थालाई फेरेर अहिले हामी संघीय लोकतान्त्रिक गणतन्त्रको अध्यास गरिरहेका छौँ । यतिबेला देश झनपछि झन गरिब बन्दै गरेको अवस्था विद्यमान छ । नागरिक महंगी, अभाव दबाले पिल्सिदै गर्दा व्यवसायीहरु समेत आर्थिक मन्दिको मारमा फसेर उठ्न नसक्नेगरि थलिने अवस्था आयो भन्दै समस्या ओकल्दैछन ।

सधै नाफामा चल्ने बैंकले ऋणीमाथी अन्याय गर्दा सहकारीका कारण लाखौँ लाख जनतामा यतिबेला बचत डुब्यो, लौन सरकार भन्दै सडकमा आएर रुवावासी गरिरहेका छन् । देशमै पहिलो पटक झेल्नुपरेको मन्दीको मारले ८७ हजार कर्मचारी, संघ र प्रदेशका ८ सय ८४ सांसद, प्रदेश र संघमा सयौँ मन्त्रीको बोझ किन र के का लागि ? भन्दै नागरिकले प्रश्न उठाउन थालेका छन् । आर्थिक मन्दीसँगै चरम बेरोजगारीले युवा पलायन बढाउदा देश बृद्धाश्रम बन्ने चिन्ता बढेको छ । कर्मचारीको आन्दोलन, शिक्षाको आन्दोलन, जताततै झांगिएको आन्दोलनले समेत सरकार देश र जनताको पक्षमा चिन्तित बन्न सकेको छैन । बरु हात्तिछाप चप्पल पड्काउने नेताहरु प्राडो पजेरो र महलको आलिशान जीवनयापनमा कसरी ? अब विगतदेखी वर्तमानसम्म सत्ताको हालिमुहालीमा रहेका पूर्वदेखी वर्तमान मन्त्री, प्रधानमन्त्री देखी नेतासम्मको सम्पत्ति जाँचबुझ हुनुपर्छ, गर्नुपर्छ भन्ने माग बलियो बन्दैछ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उठाएको पूर्वदेखी बहालवाला प्रधानमन्त्री मन्त्री, नेताको सम्पत्ति जाँचबुझ गर्ने हिम्मत सरकारसँग छ ? नागरिकले समेत खबरदारी गर्दैछन् ।

भारतीय विदेश सचिवको काठमाडौंमा दुईदिने सक्रियता
देश राजनीतिक अस्थिरताले गिजेलिएको समयमा यतिबेला कांग्रेस एमालेको आलोपालो सत्ता भागबण्डाको सहमति अनुसार, प्रधानमन्त्रीको कुर्सीमा एमाले अध्यक्ष केपी शर्मा ओली छन् । सरकार फेरिएको यही मेसोमा भारतीय प्रधानमन्त्री मोदीको सन्देष बोकेर दुतका रुपमा भारतीय विदेश सचिव विक्रम मिस्री नेपालमा दुईदिन व्यस्त हनुभएको छ । आइतबार आउनुभएका उहाँ स्वदेश फर्किनुपूर्व भेटघाटमा अति नै व्यस्त देखिनुभयो । राष्ट्रपति रामचन्द्र पौडेल देखी प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान एवम शहरी विकासमन्त्री प्रकासमान सिंह, उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री आरजु देउवा राणा, गृहमन्त्री रमेश लेखकदेखी, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेताहरुसँग भेटवार्ता भयो । यो दौडधुपलाई विभिन्न कोणाबाट हेर्दै भारतको नेपाल मामिलामा अर्थपूर्ण चासो भनिदैछ ।

राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी समेत अहिलेका टेस्टेड नेताहरुबाट देश र जनताको हित हुनेमा कुनै आशा जाग्रित नहुने बताउनुहुन्छ । अब सचेत नागरिक, बुद्धिजीवि सबै सबैले दल, फाईदा पक्षधरता नहेरि खबरदारीको नयाँ अध्यायबाट बाटो बिराएका नेता अनि बाटो बिराएको राजनीतिमा थिति बसाल्नुपर्ने विश्लेषक डा. केसीको मत रहेको छ । बारम्बार टेस्टेड नेता, एमाले अध्यक्ष ओली, कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सिण्डिकेटबाट देश अनि पार्टी मुक्त भएमात्रै देशको काँचुली फेरिने, जनताले खुसी र सुखी भएर बाँच्न पाउनछन भन्दै युवा पुस्ताभित्र नयाँ बहस सुरु हुन थालेको छ ।

पुस्तान्तरणबाट देशलाई संकटबाट सफल बनाउने कि राजनीतिक किचलोबाट सधै असफल बनाउने ? यसको जिम्मा शिर्ष दाबी गर्ने नेताहरुकै काधमा छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6