Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustralia१९ दिनदेखी सिड्नीबाट नेपाली युवा वेपत्ता, परिवारले राजदूत भोल्कसँग भेटेपछि खोजी तिब्र !

१९ दिनदेखी सिड्नीबाट नेपाली युवा वेपत्ता, परिवारले राजदूत भोल्कसँग भेटेपछि खोजी तिब्र !


काठमाडौं । नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कसँग भेटवार्ता गर्दै पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले सिड्नी सहरबाट हराएका सुभाष बोलखेको खोजीका लागि अनुरोध गर्नुभएको छ । अध्ययनका सिलसिलामा नौ महिनाअघि अष्ट्रेलियाको सिड्नी पुग्नुभएका काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–७ का २७ वर्षीय बोलखे १८ दिनदेखि परिवारसँग सम्पर्कविहीन भएपछि नगरप्रमुख खरेलले नेपालस्थित दूतावासमा पुगेर खोजीका लागि राजदूत भोल्कसँग अनुरोध गर्नुभएको हो ।

काठमाडौँको महाराजगञ्जस्थित अष्ट्रेलियन दूतावास बोलखेका परिवारका सदस्यसहित पुग्नुभएका नगरप्रमुख खरेलले आफ्नो क्षेत्रका प्रतिभावान विद्यार्थी बेपत्ता भएको जानकारि गराउदै खोजतलाख गरेर पछिल्लो अवस्थाका वारेमा जानकारी दिन सहयोगको अपेक्षा राख्नुभएको थियो । भेटका क्रममा राजदूत भोल्कले तत्काल जनशक्ति परिचालन गरी आवश्यक खोजबिनसहित सम्पर्कविहीन अवस्थामा रहेका विद्यार्थी बोलखेका बारेमा यथार्थ जानकारी गराउने आश्वासन दिएको बताइएको छ । राजदूत भोल्कलाई ‘सुभाष’को कागजातसहित खोजबिनका लागि निवेदन दिइएसँगै दूतावासको सक्रियतामा सिड्नीस्थित प्रहरी निकायले आफ्नो वेबसाइटमा सुभाष हराएको बारे निजको हुलियासहित जानकारी गराउँदै देख्ने–भेट्नेले खबर गर्न आग्रहसमेत गरिसकेको छ ।

उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया गएका कान्छा छोरा ‘सुभाष’ सिड्नी सहरमा नौ महिनादेखि एक्लै बस्दै आएको जानकारी गराउदै बुबा सुदर्शन बोलखेले १९ दिनदेखी सम्पर्कविहीन भएको जानकारि दिनुभयो । तनावमा भएपनि राजदूतसँगको भेटपछि केही आशा पलाएको र खोजबिनमा अष्ट्रेलिया सरकारले सक्रियता देखाएकोतर्फ खुसी व्यक्त गर्नुभएको छ । बोलखे परिवारले सुभाषको खोजबिनमा सहयोग गर्न सिड्नीस्थित नेपाली समुदाय र अन्य सरोकारवाला निकायसँग समेत सहयो माग्दैआएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6