Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियन राजदूत भोल्क स्वदेश फर्किने तयारीमा,को आउलान नयाँ राजदूत ?

अष्ट्रेलियन राजदूत भोल्क स्वदेश फर्किने तयारीमा,को आउलान नयाँ राजदूत ?


काठमाडौं । नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्क स्वदेश फर्किनुअघि सिष्टाचार भेटघाटमा व्यस्ता हुनुभएको छ । साढे तीन वर्षे कार्यकाल पूरा गरी स्वदेश फर्किन लाग्नुभएकी राजदूत भोल्कले राष्ट्रपति रामचन्द्र पौडेल, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, गृहमन्त्री रमेश लेखक, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी लगायतसँग विदाइ भेटवार्ता गर्नुभएको हो ।

अष्ट्रेलियाको राजदूतका रूपमा आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा राष्ट्रपतिसँगै मन्त्रीहरुले भोल्कलाई बधाई ज्ञापन गर्नुभएको छ । नयाँ आउने राजदूतले आगामी दिनमा समेत नेपाल र अष्ट्रेलियाबीचको सुमधुर सम्बन्ध थप विस्तार गर्ने विश्वास व्यक्त गरिएको छ । राजदूत भोल्कले अष्ट्रेलियामा रहँदासमेत नेपाल र नेपालीको हकहितको विषयमा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सन् २०२१ मा फेलिसिटी भोल्कलाई अष्ट्रेलियाले राजदूतको रुपमा नेपाल पठाएको थियो । उहाँको कार्यकाल सकिनुपूर्व नै नयाँ राजदूतको टुंगो लागिसकेको छ ।

नयाँ राजदूतका रुपमा लियान जोन्स्टन आउदै
अष्ट्रेलियाकी विदेशमन्त्री पेनी वाङले यसअघि नै नेपालका लागि अष्ट्रेलियन राजदूतको रुपमा लियान जोन्स्टनलाई नियुक्त गरिसक्नुभएको छ । राजदूतको रुपमा नेपाल आउन लाग्नुभएकी जोन्स्टन करिअर डिप्लोम्याटका रुपमा अब्बल हुनुहुन्छ । यसअघि नाईजेरियाको अबुजामा कार्यावाहक अष्ट्रेलियन उच्चायुक्तको अनुभवन हासिल गर्नुभएकी जोन्स्टनले त्यसअघि फिजी, फ्रान्स, स्पेन, अफगानिस्तान, केन्या, स्वीडेन, जर्मनी, टर्की र न्यूजिल्याण्डमा समेत काम गरिसक्नुभएको छ ।

नेपाल र अष्ट्रेलियाबीच सधै मित्रवत सम्बन्ध
अष्ट्रेलिया नेपालको मित्रराष्ट्र हुनाका साथै विकास प्रक्रियाको महत्वपूर्ण साझेदार समेत रहँदै आएको छ । नेपालले स्वास्थ्य, जनजीवन, शासकीय प्रबन्ध, जनशक्ति विकासलगायत क्षेत्रमा अष्ट्रेलियाबाट सहयोग प्राप्त हुँदैआएको छ । मित्रता, सहयोग, पारस्परिक विश्वास र सम्मानमा आधारित सम्बन्धलाई भोल्कले जस्तै नयाँ राजदूतले थप प्रगाढ बनाउने विश्वास गरिएको छ । अष्ट्रेलिया नेपाली विद्यार्थीको उच्च शिक्षा अध्ययनको प्रमुख गन्तव्य मुलुक समेत हो । अष्ट्रेलियाबाट नेपालमा पर्यटक आगमनसमेत उत्साहजनक रहेको र थप बढ्ने आशा नेपाल सरकारको रहेको छ । अष्ट्रेलियामा डेढलाख भन्दा बढी नेपाली मूलका नागरिक बसोबास गर्ने र नेपाली समूदायको योगदान अष्ट्रेलियाको अर्थतन्त्रमा उच्च रहेको स्वयम अष्ट्रेलियन सरकारले नै बताउनेगरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6