Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalमुस्ताङमा हिमपहिरो : खोला थुनिएपछि आसपासका बासिन्दालाई सतर्कताको अलर्ट !

मुस्ताङमा हिमपहिरो : खोला थुनिएपछि आसपासका बासिन्दालाई सतर्कताको अलर्ट !


काठमाडौं। मुस्ताङमा हिमपहिरोले खोला थुनिएपछि तल्लो तटिय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ । थासाङ गाउँपालिका २ स्थित कोबाङको बोक्सिखोलामाथि हिम पहिरो आएर खोला थुनिएपछि जिल्ला प्रशासन कार्यालयले आसपासका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको हो।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी भोजराज पाण्डेका अनुसार हिमपहिरोका कारण बोक्सिखोलाको ८० प्रतिशत पानी थुनिएको छ । पानीको ताल नबनेकाले आत्तिनुपर्ने अवस्था नरहेपनि सतर्कता अपनाइएको डीएसपी पाण्डेले बताउनुभयो । बोक्सीखोलामा अहिले पनि २० प्रतिशत पानी बगिरहेको बताइएको छ । नदी रोकिएको ठाउँभन्दा तल रहेका ९ घर परिवारलाई सुरक्षित स्थलमा सारिएको छ । तल्लो तटिय क्षेत्रका बासिन्दालाई सुरक्षित गर्ने काम भैरहेका कारण हिमपहिरो र खोला थुनिएको जोखिम ठूलो नहुने विश्वास गरिएको छ । यसअघि सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका– ४ थामेगाउँमा हिमपहिरो जादा २० घरमा क्षति पुर्‍याएको थियो । दिउँसोको समय भएकाले ठूलो भौतिक क्षति भएपनि मानविय क्षती हुन पाएको थिएन ।

विश्वव्यापि रुपमा भैरहेको जलवायु परिवर्तनको असर देशको हिमाली क्षेत्रमा देखा पर्न थालेको, ताल तलैया र हिमनदि, हिमतालहरु जोखिममा रहेको भन्दै सरकारले विशेष चासोका साथ जनताको जीउ धनको रक्षामा भुमिका खेल्नुपर्ने आवाज उठिरहेको छ । विज्ञहरुले आवश्यक अध्ययनसँगै जलवायु परिवर्तनको असरको लेखाजोखासहित न्युनिकरणका उपाय खोज्न सरकारलाई सुझाब दिइरहेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6