Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaपर्थबाटै देखियो धरहरा र बौद्ध स्थुपा,नेपालीले मनाए उत्सव !(फोटो डायरी)

पर्थबाटै देखियो धरहरा र बौद्ध स्थुपा,नेपालीले मनाए उत्सव !(फोटो डायरी)


ब्रिजबेन, काठमाडौं । वेस्टर्न अष्ट्रेलियाको पर्थमा नेपाल चिनाउने उत्सब अर्थात नेपाल फेस्टिभल भब्य रुपमा सम्पन्न भएको छ । नेपालको खानपान, संस्कृति, रहनसहन, बौद्धनाथ, धरहरा, सर्वोच्च शिखर सगरमाथा लगायतको प्रदर्शनीले पर्थ नेपालमय बनेको हो ।

एनआरएनए वेस्टर्न अष्ट्रेलिया संयोजक शेखर घिमिरेले नेपाल चिनाउने अभियानमा अष्ट्रेलियाका लागि नेपाली राजदूतावासका प्रतिनिधि, वेष्टर्न अष्ट्रेलिया राज्य सरकारका उच्चपदस्थ अधिकारीहरु, विभिन्न देशमा रहेका एनआरएनका अभियन्ताहरु, सामाजिक व्यक्तित्व, नेपाली समूदायका अगुवाहरुको भब्य उपस्थिति रहेको जानकारी दिनुभयो ।

नेपाल फेस्टिभलमा नेपालका चर्चित लोकदोहोरि गायक बद्री पंगेनी, गायीका आस्था राउत र शिव मुखियासहितको द एक्स ब्याण्डले भरपुर मनोरञ्जन दिएको थियोे ।

कलस यात्रा मार्फत सुरु हुने फेस्टिभलमा झाकी, विभिन्न सांस्कृतिक कार्यक्रम, गायन नृत्य प्रस्तुत गरिएको थियो । फेस्टिभलमा नेपाली बाहेक चाइनिज ड्रागन, भमरतीय कलाकारलाई समेत सहभागि गराएर बहुसांस्कृतिक बनाइएको थियोे ।

एनआरएनए अष्ट्रेलियाले हरेक दुई वर्षमा आयोजना गर्ने नेपाल फेस्टिभलको उद्देश्य अष्ट्रेलियामा छरिएर रहेका नेपाली समूदायलाई एकजुट गराउन, नेपाली कला, संस्कृती, रहनसहन, भेषभुषा र खानपानको प्रदर्शनी एवंम प्रबद्धन गर्नका लागि हो । अष्ट्रेलियाका नागरिकलाई नेपालप्रतिको कैतुहलता बढाएर पर्यटन प्रबद्धनमा भुमिका खेल्नु मुख्य रहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6