Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsरवि लामिछानेमाथी अन्याय भएको कांग्रेस नेता डा. कोइरालाको स्विकारोक्ति

रवि लामिछानेमाथी अन्याय भएको कांग्रेस नेता डा. कोइरालाको स्विकारोक्ति

सडकबाट फैशला नगर्न एमाले उपमहासचिव ज्ञवालीको चेतावनी !


काठमाडौं । राष्ट्रि स्वतन्त्र पार्टी रास्वपाले पार्टी सभापति रवि लामिछानेमाथी प्रहरी ज्यादती भएको दाबी गरिरहँदा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले समेत रातारात चितवनबाट पोखरा लगेकोप्रति आपत्ति जनाउनुभएको छ । भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता कोइरालाले राति १२ बजे उठाएर लैजानु अमानवीय व्यवहार भएको स्विकार गर्नुभएको हो ।

रास्वपा सभापति रविमाथी अदालतले आफ्नो प्रक्रिया अघि बढाइरहेको विषयमा आफ्नो कुनै प्रतिक्रिया नभएको जिकिर गर्दै नेता कोइरालाले राति १२ बजे उठाएर लैजाने भन्ने कुरा चाहिँ अमानवीय भएको जिकिर गर्नुभयो । यस्तो व्यवहार रविजीको हकमा मात्रै नभएर कसैलाई पनि यस्तो व्यवहार नगर्न नेता कोइरालाले आग्रह गर्नुभयो । लोकतान्त्रिक देशमा यस्ता गतिविधि हुन नहुने र कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले गलत कुराको खुलेर बिरोध गर्नुपर्ने उहाँले बताउनुभयो ।

यता, सहकारी ठगी प्रकरणमा अनुसन्धानको दायरामा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछाने र उनको पार्टीले प्रहरी ज्यादती भएको, मानवअधिकार हनन गर्ने काम प्रहरीबाट भएको भन्दै बिरोध गर्दै आएको छ । मध्यरातमा सुतिरहेको ठाउँबाट उठाएर पोखरा लगिदा लेखिरहेको डायरी समेत खोसेर अमानविय व्यवहार प्रहरीबाट भएको दाबी गरिएको छ । यसबारे सरकारको तर्फबाट कुनै धारणा आएको छैन ।

सत्ताको नेतृत्व गरिरहेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सहकारीको बचत अपचलनमा जोडिएका जोसुकै पनि अनुसन्धानको दायरामा आउने बताउनुभएको छ । रास्वपाका नेता कार्यकर्ताले सभापति रवि लामिछाने निर्दोष छन् भनेर सडकबाट गरेको फैसला स्वीकार्य नहुने, अनुसन्धानका लागि हिरासतमा राखेको बिषयलाई गलत रुपमा प्रचार नगर्न ज्ञवालीले आग्रह गर्नुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6