Saturday, 24 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Breaking News ∕ रवि लामिछानेमाथी अन्याय भएको कांग्रेस नेता डा. कोइरालाको स्विकारोक्ति

रवि लामिछानेमाथी अन्याय भएको कांग्रेस नेता डा. कोइरालाको स्विकारोक्ति

सडकबाट फैशला नगर्न एमाले उपमहासचिव ज्ञवालीको चेतावनी !


काठमाडौं । राष्ट्रि स्वतन्त्र पार्टी रास्वपाले पार्टी सभापति रवि लामिछानेमाथी प्रहरी ज्यादती भएको दाबी गरिरहँदा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले समेत रातारात चितवनबाट पोखरा लगेकोप्रति आपत्ति जनाउनुभएको छ । भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता कोइरालाले राति १२ बजे उठाएर लैजानु अमानवीय व्यवहार भएको स्विकार गर्नुभएको हो ।

रास्वपा सभापति रविमाथी अदालतले आफ्नो प्रक्रिया अघि बढाइरहेको विषयमा आफ्नो कुनै प्रतिक्रिया नभएको जिकिर गर्दै नेता कोइरालाले राति १२ बजे उठाएर लैजाने भन्ने कुरा चाहिँ अमानवीय भएको जिकिर गर्नुभयो । यस्तो व्यवहार रविजीको हकमा मात्रै नभएर कसैलाई पनि यस्तो व्यवहार नगर्न नेता कोइरालाले आग्रह गर्नुभयो । लोकतान्त्रिक देशमा यस्ता गतिविधि हुन नहुने र कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले गलत कुराको खुलेर बिरोध गर्नुपर्ने उहाँले बताउनुभयो ।

यता, सहकारी ठगी प्रकरणमा अनुसन्धानको दायरामा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछाने र उनको पार्टीले प्रहरी ज्यादती भएको, मानवअधिकार हनन गर्ने काम प्रहरीबाट भएको भन्दै बिरोध गर्दै आएको छ । मध्यरातमा सुतिरहेको ठाउँबाट उठाएर पोखरा लगिदा लेखिरहेको डायरी समेत खोसेर अमानविय व्यवहार प्रहरीबाट भएको दाबी गरिएको छ । यसबारे सरकारको तर्फबाट कुनै धारणा आएको छैन ।

सत्ताको नेतृत्व गरिरहेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सहकारीको बचत अपचलनमा जोडिएका जोसुकै पनि अनुसन्धानको दायरामा आउने बताउनुभएको छ । रास्वपाका नेता कार्यकर्ताले सभापति रवि लामिछाने निर्दोष छन् भनेर सडकबाट गरेको फैसला स्वीकार्य नहुने, अनुसन्धानका लागि हिरासतमा राखेको बिषयलाई गलत रुपमा प्रचार नगर्न ज्ञवालीले आग्रह गर्नुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-24' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6