अष्ट्रेलियामा ३ दिनदेखि एक नेपाली युवती बेपत्ता भएकी छिन् । फेसबुकमा आत्महत्या गर्ने भावको स्टाटस लेखेर सम्पर्क विहिन भएपछि आफन्तमा चिन्ता बढेको छ ।
न्यु साउथ वेल्सको न्यु क्यासलमा बस्दै आएकी अधिकारी थरकी युवती हराईरहेको सुचना व्रिजवेनमा बस्ने बहिनीले फेसबुकमार्फत सार्वजनिक गरेकी हुन् । तास्लिमन केसी नामकी बहिनीले आईतबार फेसबुकमा लेखेकी छिन् – ‘सिड्नी र न्यु क्यासलमा बस्नेहरु मेरी दिदि खोज्न सहयोग गरिदिनुहोला । फेसबुकमा आत्महत्या गर्ने जस्तो स्टाटस लेखेर मेरी दिदि ३ दिनदेखि सम्पर्कविहिन भएकी छिन् । ठेगाना नभएकाले प्रहरीले पनि खोजी गर्न सकेन । त्यसैले तपाईसंग केही सुचना छ भने सहयोग गर्नुहोला ।’
ब्रिजवेनमा बस्दै आएकी ती युवती गत जुलाईमा न्यु क्यासल सरेकी थिईन् । म्युजिक भिडियो समेत खेलेकी ती युवती व्रिजवेनमा कलाकारको रुपमा समेत चिनिन्छन् । व्यक्तिगत गाेपनियताका कारण हामीले युवतीकाे पहिचान गाेप्य राखेका छाै ।
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au
WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist] SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6
तपाईको प्रतिक्रिया