Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकाले सोसल मिडिया चलाउन नपाइने

अष्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकाले सोसल मिडिया चलाउन नपाइने


ब्रिजबेन । डिसेम्बर १० बाट अष्ट्रेलिया सरकारले १६ वर्ष मुनिका बालबालिकालाई सोसल मिडियामा खाता खोलेर चलाउन प्रतिबन्ध लगाएको छ । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बानिजले बालबालिकाको व्यक्तित्व विकासमा असर परेको, बालमस्तिष्कमा गलत लत बढेको कारण सामाजिकसञ्जालमा रोक लगाउनु परेको जानकारी दिनुभएको छ ।

फेसबुक, युट्युब, टिकटक,एक्स, स्न्यावच्याट, ईन्ट्राग्राम,ट्वीच लगायतका १० वटा सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाइएको छ । सोसल मिडिया प्रतिबन्ध कडाइसाथ लागू गरिने जनाइएको छ । अष्ट्रेलियामा केही अघि गरिएको एक अध्ययन तथ्यांकमार्फत सामाजिक सञ्जालका घातक सामाग्रीका कारण १३ प्रतिशत बालबालिकाले आफैलाई हानि गरेको देखाएपछि सरकारले यस्तो कदम चालेको आँकल भइरहेको  छ ।

१६ वर्ष मुनिका युवाहरुले चलाएको अवस्थामा सामाजिक सञ्जाल प्लेटफमलाई ५० मिलिएन अष्ट्रेलियन डलर जरिवाना हुनसक्ने नियम बनाइएको छ । सरकारको कदमविरुद्द केही बालबालिकाले हाई कोर्टमा अपिल गरेका छन भने विरोध समेत सुरु भएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6