Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalकांग्रेस पार्टी कार्यालय पुन: निर्माणको काम धमाधम

कांग्रेस पार्टी कार्यालय पुन: निर्माणको काम धमाधम


काठमाडौं । भादौँ २४ गते जेन जी आन्दोलनका क्रममा आगजनी गरिएको ललितपुरको सानेपास्थित नेपाली कांग्रेस पार्टी कार्यालय पुन: निर्माणको काम धमाधम भईरहेको छ ।

प्रदर्शनकारीले गरेको आगजनीका कारण कार्यालयको सम्पूर्ण भाग नष्ट हुँदा पुनः निर्माणका लागि अनुमानित खर्च १४ करोड अनुमान गरिएको छ । यो खर्च सरकारी अनुगमन टोलीले निकालेको हो । भौतिक संरचना फर्निचरसँगै विभिन्न डकुमेन्ट, ९९ वटा एसी, १५० थान कम्युटर, प्रिन्टर लगायतका थुप्रै उपकरण जलेका थिए ।

भवन पुनः निर्माणका लागि नेपाली कांग्रेसले क्रियाशील सदस्य, जिल्ला, प्रदेश, केन्द्रीय समितिका सदस्य तथा नेताहरूसँग पैसा उठाउने निर्णय गरेको छ ।

Photo- NPL



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6