Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा परराष्ट्र मन्त्री

नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा परराष्ट्र मन्त्री

पाँचौ पटक मन्त्रिपरिषद विस्तार


नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा परराष्ट्र मन्त्री बन्नुभएको छ । प्रधानमन्त्री सुशीला कार्कीले पाँचौँ पटक मन्त्रिपरिषद विस्तार गर्दै नेपाली सेनामा माओवादी लडाकुहरुको समायोजनमा कुशल डिजाइनरका रुपमा परिचित शर्मालाई मन्त्री बनाउनुभएको हो ।

राष्ट्रपति कार्यालय शितलनिवासमा पद तथा गोपनियताको सपथसँगै आजबाटै शर्माले परराष्ट्र मन्त्रालयको कामकारबाही थाल्नुहुनेछ । अब प्रधानमन्त्री कार्कीसँग रक्षा र खानेपानी मन्त्रीको थप जिम्मेवारी रहेको छ । केही दिनअघि प्रधानमन्त्री कार्कीले सरकारमा सहभागी हुन गरेको अनुरोध शर्माले स्विकार गरेपछि मन्त्रिमण्डल पाँचौपटक विस्तार भएको हो ।

शर्माले सेना समायोजन विशेष समिति सचिवालयको संयोजक बनेर ३० हजार माओवादी लडाकूलाई घटाएर १५ सयभन्दा थोरैलाई मात्र समायोजनमा पार्ने र स्वेच्छिक अवकास रोज्नेहरुलाई निश्चित रकम दिएर घर फर्काउने काम कुशलतापूर्वक गर्नुभएको थियो । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले कोभिड–१९ निर्देशक समितिअन्तर्गत कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) गठन गर्दा समेत शर्मालाई नै प्रमुखको जिम्मेवारी दिएको थियो । Photo- NPL



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6