Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsसिड्नी घटनाः नेपालीमुलका श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ (विस्तृतमा)

सिड्नी घटनाः नेपालीमुलका श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ (विस्तृतमा)


सिड्नी
नेपालीमुलका युवकको हत्या आरोपमा उनकै श्रीमती पक्राउ परेकी छिन् ।
एनएसडब्लु प्रहरी फोर्सले जारी गरेको विज्ञप्ती अनुसार उनलाई आज पारामाटा अदालतमा पेश गरिने तयारी छ ।
यसअघि अदालतले उनलाई धरौटीमा छोड्न अस्विकार गरेको थियो ।

शनिवार साँझ सिड्नीको ग्रान्भिलमा नेपालीमुलका श्रीमान श्रीमतीको घर झगडा भएको थियो । झगडामा कुटाकुट हुदा युवक अचेत भएका थिए भने युवती घाइते भएकी थिईन् ।
घाईतेलाई साँझ साढे सात बजे पारामेडिक्सले अस्पताल पुर्याएका थिए ।
३४ वर्षे युवकको उपचारका क्रममा वेष्टमिड अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सामान्य घाइते ३४ वर्षे युवतीलाई उपचारपछि ग्रान्भिल प्रहरी चौकी लगिएको छ ।
प्रहरीले यो घटनालाई घरेलुहिंसाको कोणबाट अनुसन्धान गरिरहको छ ।

मृतक युवा नेपालीमुलको रहेको गैर आवासिय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष देव गुरुङले पुष्टी गरेका छन् ।

बुटवल स्थाई घर भएका मृतक युवकले ग्रान्भिलमै मोटर ग्यारेज संचालन गर्दै आएका थिए । युवक मिलानसार र सहयाेगी रहेकाे उनलाई नजिकबाट चिन्नेहरुले बताएका छन् । 
पिआरका लागि अन्तिम तयारी गरिरहेका यी दम्पति, किन यस्तो अवस्थामा पुगे भन्ने प्रश्न उब्जिएको छ ।

पछिल्लो समय अष्ट्रेलियाको नेपाली समाजमा घरेलु हिंसा प्रमुख समस्या बनिरहेको छ।
काम र पढाईको तनाव र कम उमेरमै बिवहा गरेर अष्ट्रेलिया आउदा घरेलु हिंसाले प्रसय पाएको छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6