Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसीतलहरका कारण नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध , मारमा यात्रुहरु

सीतलहरका कारण नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध , मारमा यात्रुहरु


काठमाडौं । सीतलहरका कारण नारायणगढ–बुटवल सडक खण्ड अन्तर्गतको दाउन्ने क्षेत्रमा राजमार्ग अवरुद्ध बन्दा सयौं यात्रु सडकमै बस्नुपरेको छ ।

शीतलहरका कारण पश्चिम नवलपरासीको दाउन्ने खुर्सानी खोला क्षेत्रको सडक चिप्लो भएपछि सवारी साधन चिप्लिने तथा अड्किने समस्याले राजमार्ग अवरुद्ध भएको हो । राजमार्गमा केहि दिनयता  सवारी साधनहरुको लामो जाम लागेको छ । शितलहरका कारण राजमार्ग अवरुद्ध हुदा यात्रुहरुले निकै सास्ती पाएका छन ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी वरिष्ठ नायव निरीक्षक विनोद जोशीका अनुसार विस्तारै विस्तारै सवारी साधनहरुको जाम कटाए पनि बाक्लो हुस्सु सहित शितलहर परेका कारण सवारी संचालनमा कठिनाई देखिएको बताउनुभयो ।

सितलहरका कारण समस्या थप बढ्ने भन्दै आज आयोजनाले एक सुचना जारी गरेर वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ । पूर्वपश्चिम राजमार्ग हुँदै आउने र जाने सवारी साधन नारायणघाट–मुग्लिङ – पोखरा– स्याङ्जा –पाल्पा हुँदै  बुटवल जान सक्नेछन् । यस्तै, कालीगण्डकी चोक (गैंडाकोट) रामपुर पिपलडाँडा हुँदै जान सक्नेछन् । यस्तै काठमाडौंबाट बर्दघाट पश्चिम जानेर बुटवल–काठमाडौं जाने सवारी साधनहरु  काठमाडौं–मुग्लिङ–पोखरा हुँदै यात्रा गर्न सक्नेछन् ।

दाउन्ने खण्डमा निर्माण र मर्मतको काम समेत चलिरहेको र सितलहरमा थप जोखिम हुनेहुँदा  छ । ट्राफिक नियमको पूर्ण पालना गर्न पनि आग्रह गरिएको छ । Photo-NPL



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6