Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसमानुपातिक सूची बारे भ्रम फैलाइएको कुलमानको दाबी, रवि भन्छन– ‘गल्ती भए सच्याउछौँ’

समानुपातिक सूची बारे भ्रम फैलाइएको कुलमानको दाबी, रवि भन्छन– ‘गल्ती भए सच्याउछौँ’


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां) उपसभापति कुलमान घिसिङले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक सूचीका बारेमा आफूविरुद्ध भ्रम फैलाइएको बताउनुभएको छ ।

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका मन्त्रीसमेत रहेनुभएका घिसिङले सामाजिक संजालमा लेख्दै प्रतिनिधि सभा निर्वाचनका लागि बुझाइएको समानुपातिक तर्फका उम्मेदवारको सूचीमा आफ्ना भान्जा र ससुरा भनि गलत प्रचार गरिएकोमा आपत्ति जनाउनुभएको छ । बाहिर चर्चा गरिएजस्तो नातेदारलाई समानुपातिक उम्मेदवार नबनाइएको दाबी उहाँले गर्नुभएको छ ।

यता, रास्वपा सभापति रवि लामिछानेले कुनै नातावाद, पक्षधरता देखिएको भए फिर्ता बोलाएर समानुपातिक सूचि सच्याइने प्रतिबद्धता एउटा भिडियो शन्देस जारी गरेर गर्नुभएको छ । रास्वपाको राजनीतिलाई नातावाद र फाईदा लिने स्वार्थको खेती बन्न नदिने प्रतिबद्धता सभापति लामिछानेले गर्नुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6