Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalटि-२० विश्वकपमा होमिएको नेपाल, नयाँ जर्सीसँगै ट्रफी टुरको रौनक

टि-२० विश्वकपमा होमिएको नेपाल, नयाँ जर्सीसँगै ट्रफी टुरको रौनक


काठमाडौं ।  नेपालमा टी–२० विश्वकप क्रिकेटको ट्रफी प्रदर्शनीमा ल्याइएकै बेला नेपाली टिमको नयाँ जर्सी सार्वजनिक गरियो । सन् २०२६ फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने आईसीसी पुरुष टी-२० विश्वकपका लागि नेपाल क्रिकेट संघ (CAN) र आधिकारिक किट पार्टनर ‘T10 Sports’ को सहकार्यमा जर्सी सार्वजनिक गरिएको हो ।

नेपालले तेस्रोपटक टी-२० विश्वकप खेल्दैगर्दा उत्कृष्ट प्रदर्शनसँगै फाइनलसम्मको यात्राको लक्ष्य राखिएको टिम कप्तान कप्तान रोहित पौडेलले नेपालट्युबलाई बताउनुभएको छ । आइपीएल लगायतका क्रिकेट खेलको निरन्तर अभ्यासमा रहेको नेपाली टिम पछिल्लो समय लयमा देखिएको छ ।

आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफी राष्ट्रपति भवन,क्यान कार्यालय हुँदै पोखरासम्म घुमाइएको छ । ट्रफी टुरअन्तर्गत सोमबार नेपाल आएको ट्रफी मंगलबार पोखरा लगेर पोखरा रंगशालासँगसँगै फेवा ताल किनारमा प्रदर्शन गरिएको छ ।

अर्काे महिना भारत र श्रीलंकामा हुने टी–२० विश्वकप क्रिकेटमा नेपाल पनि छनोट भएको छ । खेलपूर्व छनोट भएका देशमा ट्रफी प्रदर्शनी गर्ने गरिन्छ । Photo-NPl



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6