Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsखेलकुद मन्त्री बब्लु गुप्ताको अमेरिका निम्तो आधिकारिक, “एनआरएनए”

खेलकुद मन्त्री बब्लु गुप्ताको अमेरिका निम्तो आधिकारिक, “एनआरएनए”


काठमाडौं । खेलकुदमन्त्री बब्लु गुप्ताको अमेरिकामा भ्रमणको निम्तो आधिकारिक भएको गैरआवासीय नेपाली संघले स्पष्ट पारेको छ ।

संघले विज्ञप्ति जारी गरी गरेर विकास उप्रेती  नेतृत्वमा रहेको राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी युएसए) र सत्येन्द्र शाह नेतृत्वको  अध्यक्षतामा रहेको राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी युएसए) बीच आपसी समन्वयको अभावका कारण भ्रम सिर्जना भएको  जानकारी गराएको हो ।  गैरआवासीय नेपालीहरुको छाता संगठनका रुपमा रहेको संघले दुई फरक विज्ञप्ति सार्वजनिक हुँदा सञ्चार माध्यम तथा नेपाली समुदायमा केही भ्रम र अन्योल सिर्जना भएको प्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाएको छ । संघले विकास उप्रेतीको अध्यक्षतामा गठित एनआरएनए एनसीसी युएसएले औपचारिक कार्यक्रमका लागि युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई आमन्त्रण गरेको स्पष्ट पारेको छ ।

गैरआवासीय नेपाली संघ नेपाली डायस्पोरालाई प्रतिनिधित्व गर्ने संस्था भएकाले नेपालको बद‌लिँदो राजनीतिक-सामाजिक परिस्थिति, साथै पछिल्लो जेनजी आन्दोलनपश्चात् उत्पन्न राष्ट्रिय अवस्था र सम्भावनाहरुको सन्दर्भमा नेपाल प्रष्ट रहेको जनाइएको छ । जेनजीको प्रतिनिधित्व गर्दै युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी सम्हालिरहनुभएका बब्लु गुप्तालाई नेपाली समुदायसँग प्रत्यक्ष अन्तर्क्रिया तथा विचार-विमर्श गर्न औपचारिक रूपमा आमन्त्रण गरिएको आधिकारिक रहेको भनिएको छ ।

संघले आगामी दिनमा आन्तरिक समन्वय तथा सूचना प्रवाह प्रक्रियालाई व्यवस्थित र सुदृढ बनाउने प्रतिबद्धता समेत गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6