Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaमध्यपूर्वी देशका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको अनुरोध

मध्यपूर्वी देशका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको अनुरोध


काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) ले मध्यपूर्वी देशहरूमा बसोबास गर्ने करिब १९ लाख नेपालीलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

संघले इजरायल, इरान, कतार, कुवेत, युएई, बहराइन लगायतका देशहरूमा अत्यावश्यक बाहेक बाहिर ननिस्कन, सुरक्षित स्थानमा बस्न, स्थानीय अवस्थाबारे नियमित जानकार रहन र नेपाली राजदूतावास तथा सम्बन्धित निकायसँग सम्पर्कमा रहन सुझाव दिएको छ । संघले नेपाल सरकार र परराष्ट्र मन्त्रालयलाई समेत नेपालीलाई  सुरक्षित बनाउन तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेको छ।

विश्वभरका नेपालीको सुरक्षा एनआरएनएको प्रमुख दायित्व भएको भन्दै आवश्यक परेको खण्डमा हरेक खालका साथ सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6