Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsसिड्नीको नदिमा डुबेर दुई नेपालीको ज्यान गयो (भिडियो सहित)

सिड्नीको नदिमा डुबेर दुई नेपालीको ज्यान गयो (भिडियो सहित)


सिड्नी

उत्तरी सिड्नीको नदिमा पौडी खेल्ने क्रममा दुई नेपाली युवकको डुबेर मृत्यु भएको छ ।
शुक्रबार उनीहरु समुह बनाएर बेरोरा राष्ट्रिय निकुञ्जमा बनभोजका लागि गएको बताईएको छ ।
साँझपख नदिमा पसेका युवाहरु दलदलमा फसेर बेपत्ता भएका थिए । डुबेपछि साढे सातबजेतिर आपतकालिन सेवालाई खबर गरेको न्यु साउथ वेल्स प्रहरीले जनाएको छ । प्रहरीको उद्दार टोली राति साढे ११ बजेतिर नदिबाट दुई जनाको शव निकालेको थियो ।
संगै डुबेका तेस्रो युवालाई गम्भिर अवस्थामा उद्दार गरिएको छ । उनको उपचार भईरहेको छ ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

अष्ट्रेलियाको पानीमा नेपालीले ज्यान गुमाउने कारण यस्तो छ

अष्ट्रेलियामा गर्मियाम सुरु हुदैछ । शनिवार सिड्नी आसपासको तापक्रम ४० डिग्री भन्दा माथी पुगेको छ । गर्मी छल्न जथाभावी नदि, समुन्द्र र तालको पानीमा हामफाल्दा ज्यान गुमाउने जोखिम बढेको छ ।
गत वर्ष कम्तिमा ६ जना नेपालीले अष्ट्रेलियाको पानीमा ज्यान गुमाएका थिए । यो वर्षको सुरुवातमै यो दुखद घटना भएको छ ।
लहलहैमा लागेर जोखिम मोल्ने बानी, पौडी बारे पुर्ण ज्ञान नहुनु तथा मदिरा सेवन गरि पौडी खेल्दा दुर्घटनाको जोखिम बढिरहेको रोयल लाईफ सेभिङले जनाएको छ।
सन् २०१८ देखि १९ को बिचमा अष्ट्रेलियाभर पानी सम्बन्धि दुर्घटनामा परि १ सय २३ जनाले ज्यान गुमाएको रोयल लाईफ सेभिङले जनाएको छ ।
यो पछिल्लो १० वर्षको तुलनामा १७ प्रतिशत बढी हो ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6