Saturday, 24 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Australia ∕ डा. हेमराज शर्माको नेतृत्वमा एकढिक्का एनआरएनए

डा. हेमराज शर्माको नेतृत्वमा एकढिक्का एनआरएनए


काठमाडौं। केही वर्ष विभाजित अवस्थामा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) डा. हेमराज शर्माको नेतृत्वमा एकढिक्का भएको छ ।

शनिबारदखि काठमाडौंमा जारी १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनले शर्माको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेर एकताको अधिवेशन सम्पन्न गरेको हो । ‘एकता, लगानी र गौरव’ भन्ने नारासहित काठमाडौँमा शनिबारदेखि जारी महाधिवेशन सम्पन्न बनाउन विगतमा डा. बद्री केसी र महेश श्रेष्ठ नेतृत्वमा क्रियाशील दुई छुट्टाछुट्टै संघको भूमिका विशेष रह्यो । गत २३ र २४ को जेनजी आन्दोलनपछि  पूर्वअध्यक्षहरूको प्रयासमा दुवै समूह एकता महाधिवेशनका लागि तयार भएर गत मंसिर दोस्रो साता १०बुँदे सहमति भएको थियो ।

अध्यक्षका उम्मेदवार रोविन शेरचन र रविन बज्राचार्यले संस्थाको वृहत्तर हित र एकताका लागि उम्मेदवारी फिर्ता लिएसँगै सर्वसम्मत नेतृत्व चयन भएको छ । विधान संशोधनको काम टुंगगिएपछि सोमबार नयाँ कार्यसमितिको औपचारिक घोषणा गरिनेछ ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-24' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6