Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsएनआरएनए अष्ट्रेलियामा चुनिए २५ सल्लाहकार । प्रवक्तामा नन्द गुरुङ

एनआरएनए अष्ट्रेलियामा चुनिए २५ सल्लाहकार । प्रवक्तामा नन्द गुरुङ


व्रिजवेन
निर्वाचनको ७ महिनापछि गैरआवासिय नेपाली संघ अष्ट्रेलियाले २५ जना सल्लाहकारको जम्बो टोली मनोनित गरेको छ । नयाँ नेतृत्वका काम कारवार्हीलाई सहि मार्ग निर्देश गर्न संघको विधानले २५ सदस्यीय सल्लाहकार टिम बनाउने व्यवस्था गरेको छ । तर, भागबण्डा मिलाउनै हम्मे हम्मे परेपछि नयाँ नेतृत्वले सल्लाहकार नियुक्ती गर्न सकिरहेको थिएन ।

दुइ वर्षको कार्यकालमा के कस्ता काम कारवार्ही गर्ने र योजना तर्जुमा गर्ने भन्नेमा सल्लाहकारहरुको भूमिका महत्वपुर्ण हुन्छ । तर, नियुक्ती नै ढिला गरि भएकाले संघको कामकारवार्हीमा पनि असर पर्ने देखिन्छ । ‘सल्लाहकार नियुक्ती केही ढिला भएकै हो’- अध्यक्ष कँडेलले भने -‘उहाँहरुको योग्यताका आधारमा संघले आवश्यक सल्लाह लिएर काम गर्नेछ ।’ 
संघको विधान अनुसार सल्लाहकार टोली छनोट गरिएको संघका अध्यक्ष केशव कँडेलले जानकारी दिए ।

सल्लाहकारहरुको सूची तल उल्लेख छ ।

त्यस्तै संघले प्रवक्तामा नन्द गुरुङ र पब्लिक अफिसरमा कोमल पाठकलाई मनोनयन गरेको छ ।
शनिवार बसेको संघको बोर्ड अफ डाइरेक्टरको बैठकले रिक्त रहेको यो दुइ पदमा गुरुङ र पाठकलाई नियुक्त गरेको हो ।
निवर्तमान उपाध्यक्ष गुरुङ यसअघि जुलाई ६ मा भएको निर्वाचनमा अध्यक्ष पदका उमेद्वार थिए । तर, माथिल्लो र सम्मानजनक पद दिने सहमति भएपछि अन्तिम समयमा गुरुङले हालका अध्यक्ष केशव कँडेलका लागि बाटो खुल्ला गरिदिएका थिए । अन्तिम समयमा मैदान छोडेको भन्दै उनको प्यानलका उमेद्वार रुष्ट बनेका थिए ।

पब्लिक अफिसरमा नियुक्त भएका पाठक यसअघि नेप्लिज अष्ट्रेलियन युथ एशोसियसन नयाका संस्थापक हुन् ।
यी दुइ पदपुर्तीसंगै संघको बोर्ड अफ डाइरेक्टरको सदस्य संख्या १७ पुगेको छ । त्यस्तै बैठकले तीन एनसिसि सदस्य समेत मनोनित गरेको छ । कुइन्ल्याण्डबाट रदिप थापा, न्यु साउथ वेल्सबाट पुर्णनाथ घिमिरे र साउथ अष्ट्रेलियाबाट प्रजिता गेलाल एनसिसि सदस्यमा नियुक्त भएका हुन् ।
२५ सल्लाहकारको सुची यस्तो छ ।

दिनेश पोखरेल

दिनेशराज जोशी

डम्बर श्रेष्ठ

नविन वाग्ले

प्रविन गुरागाई

श्री पन्त

गणेश तामाङ

सुर्य आर्चाय

दिपनारायण चौधरी

सुजित सिग्देल

बालचन्द्र भट्टराई

हिमलाल गैरे

नइन्द्र श्रेष्ठ

दुर्गादत्त कँडेल

अनिल श्रेष्ठ

कृष्ण श्रेष्ठ

सृजना संग्रौला

केशव सापकोटा

सिके भुसाल

हेमन्त काफ्ले
बामदेव पौडेल

विवेक थापा

सुनिल भण्डारी

त्रिलोचन पोखरेल

विनित शर्मा



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6