Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNews‘टफटक’ लिएर दिल भुषण अष्ट्रेलियामा । प्रवासको योगदान खोज्दै

‘टफटक’ लिएर दिल भुषण अष्ट्रेलियामा । प्रवासको योगदान खोज्दै


व्रिजवेन
नेपाली टेलिभिजनको चर्चित कार्यक्रम टफटकको अष्ट्रेलिया संस्करणका लागि दिल भुषण पाठक यतिबेला अष्ट्रेलिया आइपुगेका छन् ।
सिड्नीस्थित लाहुरी टेलिभिजनको संयोजनमा अष्ट्रेलिया आएका पाठकले यहाँका मुख्य शहरहरुमा टफटकका लागि कार्यक्रम उत्पादन गर्ने योजना छ ।
जनवरी १७ मा सिड्नी र जनवरी १८ मा मेलवर्नमा टफटक अष्ट्रेलिया संस्करण हुदैछ । सिड्नीको कार्यक्रममा प्रवास (डायस्पोरा) मा नेपालीका योगदान र दक्षताका बारे छलफल गरिने छ भने मेलवर्नमा  ज्ञानको स्थानान्तरण (नलेज ट्रान्सफर) विषय छनोटमा परेको छ ।

नवनियुक्त राजदुत महेश दाहाल समेत सहभागी हुने सिड्नीको कार्यक्रममा लाहुरी टिभीले संचारकर्मी पाठक लगायत अष्ट्रेलियन नेपाली समुदायमा योगदान पु¥याउने इन्द्रा वन, शेष घले र डाक्टर कुमोद धिताललाई सम्मान समेत गर्दैछ ।
त्यस्तै जनवरी २४ मा तास्मानिया र जनवरी २६ मा एडिलेडमा पनि टफटक विशेष कार्यक्रम हुदैछ । पर्थ र ब्रिजवेनमा पनि कार्यक्रमको तयारी भईरहेको आयोजकले जनाएको छ ।

‘प्रवासमा रहेका नेपालीहरुको योगदान र क्षमतालाई राष्ट्रिय मुलधारसंग जोड्नु अहिलेको आवश्यकता हो’- संचारकर्मी पाठकले भने -‘त्यहि अभियानका लागि हामीले टफटकको प्रवास संस्करण सुरु गरेका हौ ।’ 
गत साल वेलायतमा समेत टफटकको प्रवास संस्करण गरिएको बताउदै पाठकले भने -‘डायस्पोराको क्षमता अझै पनि देशसंग जोडिन सकेको छैन । त्यसैले डायस्पोराको सिप, ज्ञान र प्रविधीलाई पहिचान गरि स्वदेश भित्र्याउन टफटकले भूमिका खेल्नेछ ।’

 
१२ वर्ष अगाडी सुरु भएको टफटक टेलिभिजन कार्यक्रमले नेपालमा संविधान सभा निर्वाचनदेखि संविधान सभाबाटै संविधान लेखन प्रकृया सफल बनाउन महत्वपुर्ण भूमिका खेलेको छ ।
नेता, सामाजिक अभियन्ता, कलाकार र सर्वसाधारण समेत सहभागी भएको यो टक शो अब भने पब्लिक इभेन्टको रुपमा समेत प्रशारण हुन लागेको छ । हरेक महिना एउटा शो टफटक तपाईसंग प्रशारण हुन लागेको पाठकले जानकारी दिए । 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6