Tuesday, 21 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसीमा विवादको समाधान द्विपक्षीय वार्ताबाटै हुन्छ : परराष्ट्रमन्त्री खनाल

सीमा विवादको समाधान द्विपक्षीय वार्ताबाटै हुन्छ : परराष्ट्रमन्त्री खनाल


काठमाडौं/ परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा समस्याको समाधान द्विपक्षीय संवाद र कूटनीतिक प्रक्रियामार्फत नै खोजिनुपर्ने बताउनुभएको छ।

भारत भ्रमणका क्रममा दिल्लीस्थित नेपाली दूतावासमा आयोजित पत्रकार सम्मेलनमा उहाँले लिपुलेक–लिम्पियाधुरा नेपालको भूमि भएकाले नेपालको सहमतिबिना भारत र चीनले त्यस क्षेत्रबारे कुनै सम्झौता गर्न नसक्ने बताउनुभएको हो।

प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवाद समाधानका लागि बेलायतको मध्यस्थता खोजेको भन्ने प्रश्नमा खनालले प्रधानमन्त्रीले मध्यस्थताको कुरा नगरेको स्पष्ट पार्नुभयो। ऐतिहासिक प्रमाणका लागि बेलायतका अभिलेख र दस्तावेजमा पहुँच आवश्यक हुन सक्ने भए पनि नेपालको अडान सधैं द्विपक्षीय वार्ता र कूटनीतिक माध्यमबाटै समाधान खोज्ने उहाँले बताउनुभयो।

ईपीजी प्रतिवेदन सार्वजनिक गर्ने विषयमा सोधिएको प्रश्नमा खनालले उक्त प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीलाई बुझाउनका लागि तयार पारिएको भएकाले त्यसबारे निर्णय गर्ने अधिकार आफूसँग नभएको बताउनुभयो।

भारत र चीनबीच लिपुलेक मार्ग हुँदै कैलाश मानसरोवर यात्रासम्बन्धी सहमतिबारे पनि नेपालले आपत्ति जनाएको उल्लेख गर्दै खनालले नेपालको सहमतिबिना दुई देशले उक्त क्षेत्रसम्बन्धी कुनै समझदारी गर्न नसक्ने धारणा राख्नुभयो।


ट्याग : #crossborder, #NepalIndia, #RSP, #Shishir Khanal
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-21' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6