Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsटेकस्किल्सको आईटी छात्रवृत्तिबाट दुई नेपाली विद्यार्थीलाई रोजगारी

टेकस्किल्सको आईटी छात्रवृत्तिबाट दुई नेपाली विद्यार्थीलाई रोजगारी


काठमाडौं / अष्ट्रेलियास्थित टेकस्किल्स इन्स्टिच्युट र नेपालट्युब अष्ट्रेलियाको सहकार्यमा सञ्चालित १६ हप्ते आईटी छात्रवृत्ति कार्यक्रमका विजेता घोषणा गरिएको छ। नुवाकोटकी सोफिया तामाङ ‘च्याम्पियन’ र सर्लाहीकी प्राथना मिश्र ‘फस्ट रनरअप’ घोषित हुनुभएको छ । दुवैले अष्ट्रेलियन आईटी कम्पनी Active IT मा रोजगारी पनि प्राप्त गर्नुभएको छ ।

काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा बिहीबार आयोजित कार्यक्रममा “सिस्टम नेटवर्क सपोर्ट जब रेडी प्रोग्राम” अन्तर्गत उत्कृष्ट विद्यार्थीहरूको घोषणा गरिएको हो। कार्यक्रममा सहभागी विद्यार्थीहरूले आफूले हासिल गरेका प्राविधिक सीपको प्रत्यक्ष प्रस्तुति दिएका थिए।

आयोजकका अनुसार कार्यक्रममा सहभागी हुन देशभरबाट २ हजारभन्दा बढी आईटी विद्यार्थीले आवेदन दिएका थिए। चार चरणको छनोट प्रक्रियापछि ८ जना विद्यार्थी अन्तिम सूचीमा परेका थिए। व्यक्तिगत कारणले २ जनाले कार्यक्रम छाडेपछि ६ जना विद्यार्थीले अन्तिम चरणको ‘जब रेडी’ कार्यक्रम पूरा गरेका हुन्।
छात्रवृत्तिअन्तर्गत सामान्यतया ३ हजार ३ सय अष्ट्रेलियन डलर शुल्क लाग्ने चार महिने कोर्स निःशुल्क प्रदान गरिएको थियो। प्रशिक्षण काठमाडौंको धुम्बराहीस्थित केन्द्रमा सञ्चालन गरिएको थियो।

अन्तिम चरणमा विवेक अधिकारी, पुष्पा सुक्ला, प्राथना मिश्र, सोफिया तामाङ, सिसम श्रेष्ठ तथा सुरेश शाही सहभागी थिए।

कार्यक्रममा बोल्दै टेकस्किल्स इन्स्टिच्युटका संस्थापक विराज बडेलले नेपालमै यस्ता सीपमूलक आईटी कार्यक्रम विस्तार गर्ने योजना रहेको बताउनुभयो। नेपाललाई आईटी हब बनाउने सरकारी लक्ष्य हासिल गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने उहाँको भनाइ थियो।
“यी सबै विद्यार्थीहरूलाई रोजगारीका लागि आवश्यक सीप र क्षमता प्रदान गरिएको छ। उनीहरू अहिले रोजगार बजारमा प्रतिस्पर्धा गर्न तयार छन्,” उहाँले भन्नुभयो।

नेपालट्युब अष्ट्रेलियाका सम्पादक सरल गुरुङले विदेशमा रहेका नेपालीहरूले विभिन्न क्षेत्रमा लगानी गरिरहेको उल्लेख गर्दै आफ्नो क्षमता र स्रोतअनुसार देशका लागि योगदान गर्नुपर्ने बताउनु भयो।
“यो छात्रवृत्ति हामीसँग धेरै पैसा भएर दिएका होइनौं। जिम्मेवार नागरिकका रूपमा देशका लागि केही गर्न सकिन्छ कि भन्ने सोचले यो पहल गरेका हौं,” उहाँले भन्नुभयो।

यसअघि पनि यस्तै कार्यक्रममार्फत ८ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिसकिएको छ।


ट्याग : #IT, #ITstudents, #Techskill
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6