मन्त्री लम्सालको बोलीले मच्चायो विवाद
काठमाडौँ/ पूर्वाधार विकासमन्त्री सुनील लम्सालले नागढुंगा–मुग्लिङ सडक आयोजनाको स्थलगत अनुगमनका क्रममा विवादित अभिव्यक्ति दिनुभएको छ। काम ढिला गर्ने ठेकेदारप्रति आक्रोशित हुँदै उहाँले “खोजेर ल्याएर खुट्टा भाँचेर भए पनि काम लगाउनू” भन्नु भएको हो।
मुग्लिङ–नागढुंगा सडकखण्ड निरीक्षणका क्रममा उहाँले बिजुलीको पोल सार्ने ढिलाइप्रति असन्तुष्टि जनाउँदै ठेकेदारलाई तत्काल काम अघि बढाउन निर्देशन दिनुभएको थियो ।
ट्याग : #RSP, #sunil lamsal















तपाईको प्रतिक्रिया