Thursday, 23 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअन्तर्राष्ट्रिय विद्यार्थी आकर्षित गर्न भिक्टोरियाले बनायो नयाँ रणनीति

अन्तर्राष्ट्रिय विद्यार्थी आकर्षित गर्न भिक्टोरियाले बनायो नयाँ रणनीति


भिक्टोरियाले अन्तर्राष्ट्रिय विद्यार्थी आकर्षित गर्न १ करोड ८६ लाख अष्ट्रेलियन डलरको नयाँ रणनीति सार्वजनिक गरेको छ।

अष्ट्रेलियाको भिक्टोरिया सरकारले अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रलाई थप प्रतिस्पर्धी बनाउँदै विश्वभरका विद्यार्थी आकर्षित गर्न ‘Study with Victoria’ नामक नयाँ रणनीति सार्वजनिक गरेको छ।

२०२५-२६ को राज्य बजेटमार्फत् दुई वर्षका लागि १ करोड ८६ लाख अष्ट्रेलियन डलर विनियोजन गरिएको यो रणनीतिले विद्यार्थीको अध्ययन अनुभव, समावेशिता, स्वास्थ्य, रोजगारीयोग्यता र स्नातकपछिका अवसर सुधारलाई प्राथमिकता दिएको छ।

सरकारका अनुसार सन् २०२५ मा करिब १७० देशका ३ लाख २२ हजार अन्तर्राष्ट्रिय विद्यार्थीले भिक्टोरियालाई अध्ययन गन्तव्यका रूपमा रोजेका थिए। अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रबाट १७.९ अर्ब अष्ट्रेलियन डलर बराबरको निर्यात आम्दानी भएको र करिब ६९ हजार रोजगारीमा योगदान पुगेको थियो।

यही योगदानलाई अझ विस्तार गर्न Study Melbourne Hub, Study Melbourne Inclusion Program र Yes to International Students Fund मार्फत् विद्यार्थी सहयोग, कल्याण सेवा, अन्तर्राष्ट्रिय साझेदारी तथा भिक्टोरियाली शिक्षाको विश्वव्यापी पहुँच विस्तार गरिने भएको छ।

भिक्टोरियाका आर्थिक वृद्धि तथा रोजगारी मन्त्री स्टिभ डिमोपोलोसले मेलबर्न सन् २०२६ मा पुनः अष्ट्रेलियाकै उत्कृष्ट र विश्वको पाँचौँ उत्कृष्ट विद्यार्थी सहर घोषित भएको स्मरण गरे। भिक्टोरियालाई विश्वस्तरीय शिक्षा र अन्तर्राष्ट्रिय विद्यार्थीका लागि पहिलो रोजाइको गन्तव्यका रूपमा थप सुदृढ बनाउने उद्देश्यले यो रणनीति सार्वजनिक गरिएको उनले बताएका छन्।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-23' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6