Tuesday, 8 September 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा मन्त्रालयका कर्मचारीले भ्रष्टाचार गरेको भेटिएपछि शिक्षा मन्त्रीले दिइन् राजीनामा

अष्ट्रेलियामा मन्त्रालयका कर्मचारीले भ्रष्टाचार गरेको भेटिएपछि शिक्षा मन्त्रीले दिइन् राजीनामा


अष्ट्रेलियाको अस्ट्रेलियाको राजधानी क्षेत्र (एसिटी) को शिक्षा मन्त्री तथा उपमुख्यमन्त्री यभेट बेरीले आफ्नो मन्त्रालयअन्तर्गतका दुई वरिष्ठ सार्वजनिक अधिकारीविरुद्ध ‘गम्भीर भ्रष्ट आचरण’ को निष्कर्ष सार्वजनिक भएपछि क्याबिनेटबाट राजीनामा दिएकी छन्।

एसिटि इन्टिग्रिटी कमिसनले क्यानबेराको एक प्राथमिक विद्यालयको पुनर्निर्माण ठेक्कामा दुई अधिकारीले सिएफएमइयु युनियनको हितमा अनुचित रूपमा काम गरेको निष्कर्ष निकालेको छ।

आयोगले बेरीविरुद्ध कुनै भ्रष्टाचारसम्बन्धी निष्कर्ष ननिकाले पनि उनले राजनीतिक जिम्मेवारी स्वीकार्दै क्याबिनेटबाट राजीनामा दिएकी हुन्।

अब उनी सांसदका रूपमा ब्याकबेन्चबाट गिनिन्डेरा क्षेत्रका जनताको सेवा जारी राख्ने बताएकी छन्।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-09-08' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6