Sunday, 26 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalधनगढीमा अनसन बसिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न पुग्यो सरकारी टोली

धनगढीमा अनसन बसिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न पुग्यो सरकारी टोली


धनगढीमा आमरण अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधिसहितको सरकारी टोली धनगढी पुगेको छ।

प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवालको संयोजकत्वमा रहेको टोलीले डा. केसीसँग मागबारे छलफल सुरु गरेको हो।

सरकारी टोलीमा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिसमेत सहभागी छन्।

वार्तामार्फत डा. केसीका पाँचबुँदे मागमा सहमति खोज्ने प्रयास भइरहेको जनाइएको छ।

डा. केसीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका पाँचबुँदे माग राख्दै धनगढीमा २४औं सत्याग्रह सुरु गरेका हुन्।

उनले चिकित्सा शिक्षा आयोग र दशरथचन्द मेडिकल विश्वविद्यालयमा भएका नियुक्ति बदर, निजी मेडिकल कलेजमा सिट वृद्धि रोक्न, चिकित्सा शिक्षालाई गैरनाफामूलक बनाउने कानुनी व्यवस्था कार्यान्वयन गर्नेलगायत माग अघि सारेका छन्।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-26' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6