Saturday, 1 August 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsकुवेतमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु, मध्यपूर्व तनावमा ज्यान गुमाउने नेपालीको संख्या दुई

कुवेतमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु, मध्यपूर्व तनावमा ज्यान गुमाउने नेपालीको संख्या दुई


कुवेतको उत्तरी क्षेत्रमा जुलाई ३० मा भएको ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपाली नागरिको मृत्यु भएको छ।

 सवारी चालकका रूपमा कार्यरत तेह्रथुमका ४४ वर्षीय सोम कुमार तामाङको मृत्यु भएको कुवेतस्थित नेपाली राजदूतावासले बताएको छ।

शुक्रबार कुवेतको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको जनाउँदै तामाङको निधन पुष्टि गरेको हो। राजदूतावासले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ।

राजदूतावासका अनुसार तामाङको पार्थिव शरीर यथाशीघ्र नेपाल पठाउने प्रक्रिया सम्बन्धित निकायसँगको समन्वयमा अघि बढाइएको छ।

साथै कुवेतमा रहेका नेपालीलाई स्थानीय सरकारले जारी गरेका सुरक्षा मापदण्ड पूर्ण रूपमा पालना गर्दै सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।

पछिल्ला महिनायता अमेरिका र इरानबीच बढेको सैन्य तनावका कारण मध्यपूर्वका विभिन्न क्षेत्रमा ड्रोन र मिसाइल आक्रमणका घटना भइरहेका छन्। त्यसको असर कुवेतसहित खाडी क्षेत्रका मुलुकहरूमा पनि परेको छ।

सरकारी तथ्यांकअनुसार मध्यपूर्वका विभिन्न देशमा करिब २० लाख नेपाली रोजगारीका लागि कार्यरत छन्।

कुवेतमा भएको पछिल्लो घटनासँगै मध्यपूर्वमा जारी सुरक्षा तनावका कारण ज्यान गुमाउने नेपालीको संख्या दुई पुगेको छ। यसअघि दुबईमा कार्यरत गोरखाका एक नेपाली युवाको पनि मृत्यु भएको थियो।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-08-01' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6