Tuesday, 8 September 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअस्ट्रेलियाको म्युजिक चार्टमा एआई गीतलाई प्रतिबन्ध

अस्ट्रेलियाको म्युजिक चार्टमा एआई गीतलाई प्रतिबन्ध


अस्ट्रेलियाले पूर्ण रूपमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट बनाइएका गीतलाई आफ्नो आधिकारिक म्युजिक चार्टमा समावेश गर्न प्रतिबन्ध लगाएको छ।

अस्ट्रेलियन रेकर्डिङ इन्डस्ट्री एसोसिएसन (एआरआईए) ले नयाँ नियम लागू गर्दै चार्टमा आउने गीत ‘पर्याप्त रूपमा मानव सिर्जित’ हुनुपर्ने व्यवस्था गरेको हो।

गीत बनाउन एआईको प्रयोग गर्न भने पाइनेछ। तर गीतका शब्द मानिसले लेखेको, मुख्य गायन मानिसले गरेको र प्रमुख वाद्ययन्त्र पनि मानिसले नै बजाएको हुनुपर्नेछ।

पूर्ण रूपमा एआईबाट बनाइएका गीत भने आधिकारिक चार्टमा समावेश हुने छैनन्।

एआरआईएका अनुसार यो नियमको उद्देश्य संगीतमा मानव कलाकारको सिर्जनशीलता, मौलिकता र योगदानलाई प्राथमिकता दिनु हो।

एआईका कारण मानव कलाकार विस्थापित हुन सक्ने चिन्ताबीच अस्ट्रेलियाले यस्तो नियम ल्याएको हो।

यो नियम एआरआईए अवार्डमा पनि लागू हुनेछ। एआईको सहयोग लिए पनि मुख्य सिर्जनात्मक काम मानिसले गरेको गीतलाई भने प्रतिबन्ध लगाइएको छैन।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-09-08' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6