Tuesday, 8 September 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaमन्त्र थकालीद्वारा बाढी प्रभावितलाई २१ लाख बढी सहयोग

मन्त्र थकालीद्वारा बाढी प्रभावितलाई २१ लाख बढी सहयोग


काठमाडौं/ नेपालको चर्चित थकाली खानाको चेन रेष्टुरेन्ट मन्त्र थकालीले बाढी पिडितका लागि २१ लाख बढी सहयोग गरेको छ । सोमबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर मन्त्र थकालीका संचालकहरुले २१ लाख ११ हजार १ सय ११ रुपैया प्रधानमन्त्री राहतकोषमा  हस्तान्तरण गरेको हो ।

विदेशबाट फर्केर २० वर्षअघि ४ जना महिला उद्यमीले मन्त्रको सुरुवात गरेको हो । पोखराको न्युरोडबाट सामान्य तबरले सुरु भएको मन्त्रको अहिले काठमाडौं र पोखरामा ४ वटा आउटलेटहरु छन् ।

विदेशबाट फर्केर पनि नेपालमै केहि गर्न सकिन्छ भने उदाहरण बनेको मन्त्र नेपाली थकाली खानाको पारखीहरुको लागि लोकप्रिय गन्तव्य बनेको छ । सामाजिक उत्तरदायित्व बोध गर्दै बाढी प्रभावितलाई सहयोग गरिएको मन्त्र थकालीकी एक सञ्चालक तृष्णा शेरचनले बताउनु भयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-09-08' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6