आज भदौ २४। ठीक एक वर्षअघि जेनजी आन्दोलनका क्रममा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतसहितका महत्वपूर्ण संरचनामा आगजनी भयो। निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुग्यो।
यसको सुरुवात भने भदौ २३ गते जेनजी युवामाथि भएको प्रहरी दमन र गोली प्रहारबाट भएको थियो।
त्यसपछि आएको राजनीतिक परिवर्तनले पुराना शक्तिलाई कमजोर बनाउँदै नयाँ नेतृत्वलाई सत्तामा पुर्यायो। युवापुस्तामा राजनीतिक चेतना बढ्यो, सुशासन र जवाफदेहिताको माग बलियो भयो र व्यक्तिभन्दा संस्था बलियो हुनुपर्छ भन्ने बहस स्थापित भयो।
तर नयाँ सरकारका लागि यो परिवर्तनसँगै ठूलो जिम्मेवारी पनि आएको छ। बाढीपहिरोबाट भएको क्षति, पुनर्निर्माण, सुशासन र भ्रष्टाचार नियन्त्रण अब सरकारको मुख्य चुनौती हुन्।
जेनजी आन्दोलनले नयाँ शक्तिलाई अवसर दिएको छ। अब त्यो अवसरलाई परिणाममा बदल्ने जिम्मेवारी सत्तामा पुगेकाहरूको हो।
समर्थकले अन्ध समर्थन होइन, गलत हुँदा खबरदारी गर्ने र सही काममा समर्थन गर्ने हो भने मात्रै आन्दोलनले खोजेको परिवर्तन संस्थागत हुन सक्छ।













तपाईको प्रतिक्रिया