Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsगायिका आस्था प्रहरीमा हाजिर । राखियो हिरासतमा

गायिका आस्था प्रहरीमा हाजिर । राखियो हिरासतमा


काठमाडौ

विमानस्थल प्रकरणमा पक्राउपुर्जी जारी भएपछि गायिका आस्था राउत आफै प्रहरी कार्यलयमा हाजिर हुन पुगेकी छिन् ।
भारतबाट फर्किएलगत्तै सोमबार बिहान राउत सिधै महानगरीय प्रहरी परिसर काठमाडौमा हाजिर हुन पुगेकी हुन् ।
उनलाई स्वास्थ्य परिक्षण गरेर हिरासतमा राखिएको परिसरले जनाएको छ । परिवारका सदस्यसहित प्रहरी कार्यलय पुगेकी राउतलाई अभद्र व्यवहार कसुरमा अनुन्धान थालिएको छ ।

माघ १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी जवान रमिता श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोप राउतमाथि छ।
श्रेष्ठले जाहेरी दिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले माघ ५ गते राउतविरूद्ध पक्राउ पूर्जी जारी गरेको थियो।
सांगेतिक कार्यक्रमका लागि भारतमा रहेकी आस्थालाई प्रहरीले फरार सुचीमा राखेको थियो । प्रहरीले परिवारको आग्रहमा पक्राउ नगरि हाजिर हुने मौका दिएको हो ।

के हो विमानस्थल प्रकरण

माघ १ गते भद्रपुर जाने क्रममा आस्था मध्यान्ह विमानस्थलमा पुगेकी थिइन् । त्यहि क्रममा आन्तरिक टर्मिनलको सुरक्षाकर्मीले सुरक्षा जाचका लागि उनलाई ज्याकेट खोल्न लगाएका थिए । ज्याकेट खोल्ने क्रममा राउत झोक्किएकी थिईन् । यो प्रहरीले सार्वजनिक गरेका सिसिक्यामेरा फुटेजमा देखिन्छ । ज्याकेट खोल्ने बेला राउतको हातको कफी प्रहरी महिलाले टेवलमा राखिदिन्छिन् ।
चेकजाँच सकिएपछि उनले त्यो फिर्ता गरिदिएकी थिइन्। तर, राउतले कप ठेल्छिन्। केहीबेरमा कपबाट कफी पोखिएको थियो र राउतको ज्याकेट भिजेको थियो।
यसक्रममा राउतले प्रहरी कर्मचारीलाई केहीबेर गाली गरेकी थिइन्।
काठमाडौंबाट भद्रपुर पुगेपछि गाडीमा चढेको बेला आस्थाले फेसबुकमा लाइभ गरेकी थिइन् र आफूमाथि विमानस्थलमा दुर्व्यवहार भएको भन्दै प्रहरीको चर्को आलोचना गरेकी थिइन्।
उनको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि अर्को दिन प्रहरीले विमानस्थलमा भएको घटनाको सिसिटिभी फुटेज सार्वजनिक गरेको थियो। उक्त भिडिओ बाहिर आएपछि आस्थाले अर्को फेसबुक लाइभमा रूँदै माफी पनि मागेकी थिइन्। 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6