Saturday, 24 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ News ∕ बेलायतमा नेपाली विद्यार्थी पढ्ने विश्वविद्यालयको विदेशी विद्यार्थी भर्ना अनुमति स्थगित

बेलायतमा नेपाली विद्यार्थी पढ्ने विश्वविद्यालयको विदेशी विद्यार्थी भर्ना अनुमति स्थगित


बेलायतको बकिङहमसायर न्यू विश्वविद्यालयको विदेशी विद्यार्थी भर्ना गर्ने अनुमति बेलायती गृह मन्त्रालयले स्थगित गरेको छ।

गृह मन्त्रालयले सेप्टेम्बर ३० मा सूचना जारी गर्दै विश्वविद्यालयको विद्यार्थी प्रायोजन गर्ने अनुमति तत्कालका लागि स्थगित गरेको हो।

तर, विश्वविद्यालयको अनुमति अहिलेसम्म रद्द भने भएको छैन। विश्वविद्यालयले २० दिनभित्र अर्थात् अक्टोबर १९ सम्म गृह मन्त्रालयलाई लिखित जवाफ दिनुपर्नेछ।

विश्वविद्यालयको जवाफपछि अनुमति पुनःस्थापित गर्ने वा पूर्ण रूपमा रद्द गर्ने निर्णय हुनेछ।

हाल विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको अध्यागमन अनुमति वैध रहेसम्म उनीहरूले आफ्नो पढाइ जारी राख्न पाउनेछन्।

बेलायतको उच्च शिक्षा तथ्यांक निकायका अनुसार सन् २०२४/२५ मा विश्वविद्यालयमा १ हजार ५३० जना अन्तर्राष्ट्रिय विद्यार्थी अध्ययनरत थिए।

यदि विश्वविद्यालयको विदेशी विद्यार्थी प्रायोजन गर्ने अनुमति अन्ततः रद्द भयो भने हाल अध्ययनरत विद्यार्थीमा पर्ने प्रभावबारे गृह मन्त्रालयले त्यसबेला थप जानकारी दिने जनाएको छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-24' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6