Saturday, 24 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ News ∕ हिमताल विस्फोटको जोखिम घटाउन नेपाललाई ३ करोड ६१ लाख डलर अनुदान

हिमताल विस्फोटको जोखिम घटाउन नेपाललाई ३ करोड ६१ लाख डलर अनुदान


ग्रिन क्लाइमेट फण्ड (जीसीएफ) ले नेपालमा हिमताल विस्फोटबाट हुने बाढीको जोखिम न्यूनीकरण गर्न ३ करोड ६१ लाख अमेरिकी डलर अनुदान स्वीकृत गरेको छ।

नेपाल सरकार र साझेदार संस्थाको थप १ करोड ४० लाख डलर सह-वित्तीयकरणसहित सात वर्षे परियोजनाको कुल लागत ५ करोड अमेरिकी डलर पुग्नेछ।

जल तथा मौसम विज्ञान विभाग र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहकार्यमा सञ्चालन हुने परियोजनाबाट करिब २३ लाख मानिस लाभान्वित हुने अपेक्षा गरिएको छ।

परियोजनाअन्तर्गत कोशी र गण्डकी नदी बेसिनका जोखिमयुक्त ठुलागी, तल्लो बरुण, लुमडिङ छो र हङ्गु–२ हिमतालको जलसतह घटाइनेछ।

त्यस्तै, १५० हेक्टरभन्दा बढी क्षेत्रमा वृक्षरोपण, तटबन्ध तथा चेकड्याम निर्माण र बाढीको पूर्वसूचना प्रणाली सुदृढीकरण गरिनेछ।

यसअघि नेपालमा छो रोल्पा र इम्जा हिमतालको जलसतह घटाइएको थियो। नयाँ परियोजनाले हिमताल विस्फोटबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-24' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6