टेनिस खेल्न नेपाल पुगेका अष्ट्रेलियाली खेलाडीकाे मृत्यु
काठमाडौं ।
टेनिस खेल्न नेपाल पुगेका एक अष्ट्रेलियन खेलाडीकाे मृत्यु भएको छ।
सातदोबाटोस्थित टेनिस कोर्टमा बुधवार खेल्ने क्रममा कोर्टमै ढलेका केन्ट यामाजाकीको मृत्यु भएको स्थानिय संचारमाध्यमहरुले जनाएका छन् । अचानक ढल्दा उनको टाउको भुँइमा ठोक्किएको थियो । उनको मृत्युको कारण खुल्न सकेको छैन ।
नेपालकी प्रेरणा कोइरालासंगै उनले बुधबार टेनिस कोर्टमा ट्रेनिङ गरिरहेका थिए । त्यही बेला उनी बेहोस भएर कोर्टमै ढलेका हुन् ।
बेहोस भएर ढलेका खेलाडीलाई अस्पताल लैजान एम्बुलेन्स कुर्दा ढिला भएको थियो ।
घटना बारे टेनिस संघले नेपालस्थित अष्ट्रेलियन दुतावासलाई जानकारी गराएको छ ।
इन्टरनेशनल टेनिस फेडेरेसन आईटीएफ जुनियर टेनिसका लागि १५ वर्षिय यामाजाकी नेपाल आएका थिए । उनी त्यसैको तयारीमा थिए । फेब्रुअरी ३ अर्थात आउने सोमबारदेखि नेपालमा आइटिएफ जेफ क्याटेगोरीको खेल हुँदैछ ।
ट्याग : #केन्ट यामाजाकी, #टेनिस















तपाईको प्रतिक्रिया