Saturday, 24 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ News ∕ अस्ट्रेलियाको मण्डाबेराबाट बाढीपीडितका लागि १ हजार ३३ अस्ट्रेलियन डलर सहयोग

अस्ट्रेलियाको मण्डाबेराबाट बाढीपीडितका लागि १ हजार ३३ अस्ट्रेलियन डलर सहयोग


अस्ट्रेलियाको क्विन्सल्यान्डस्थित मण्डाबेरामा आयोजित ब्लुबेरी फेस्टिभलमार्फत संकलित नेपालका बाढीपीडितका लागि १ हजार ३३ अस्ट्रेलियन डलर ६० सेन्ट सहयोग जुटाइएको छ।

ब्रिस्बेनबाट करिब ४०० किलोमिटर उत्तरमा रहेको मण्डाबेरामा आयोजित फेस्टिभलमा नेपाली महिलाहरूले सांस्कृतिक नृत्य प्रस्तुत गर्दै सहभागिता जनाउनु भएको थियो।

नेपालमा बाढीबाट प्रभावितहरूलाई सहयोग गर्ने उद्देश्यले उनीहरूले नेपाल सरकारको क्यूआर कोडमार्फत सहयोग संकलन गर्नुका साथै डोनेसन बक्स पनि राख्नुभएको थियो।

आयोजित सांस्कृतिक कार्यक्रममा सहभागिता जनाएबापत ६२५ अस्ट्रेलियन डलर र डोनेसन बक्सबाट ४०८ डलर ६० सेन्ट संकलन भएको जनाइएको छ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-24' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6